क्वालालाम्पुरबाट आउँदै गरेको नेपाल एयरलाइन्स कोलकाता फर्कियो

मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान कोलकाता फर्किएको छ ।
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको आरए-४१६ विमान भारतको कोलकाता पुगेको हो ।
नेपाल एयरलाइन्सको विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ । आज बिहानैदेखि भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।