आकर्षक पुरस्कार राशिसहित फुटसल प्रतियोगिता «

आकर्षक पुरस्कार राशिसहित फुटसल प्रतियोगिता

फाइल तस्बिर ।

खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्धि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डि.ए.भी. कलेज (प्लस–टु)ले अन्तर कलेज प्लस–टु, चौथो फुटसल प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने जनाएको छ ।

कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्धि गरी विजेता टिमलाई ३ लाख नगद रुपैयाँ, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई २ लाख नगद रुपैयाँ, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने उल्लेख गरेको छ ।

यही माघ २० गतेदेखि २२ गते तदअनुसार फेब्रुअरी ३ देखि ५ सम्म ऐतिहासिक रूपमा सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्