राष्ट्रिय खाद्य बैंकको दोश्रो वार्षिक साधारणसभा

राष्ट्रिय खाद्य बैंकको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा पूर्व स्वास्थ्य राज्इमन्त्री तथा शिक्षाविद् उमेश श्रेष्ठले सरकारले गर्नुपर्ने काम खाद्य बैंकले गरेको बताए । सो अवसरमा उनले खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिएर अघि बढ्नुपर्ने बताए ।
राष्टिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफूहरुको सापनाले मूर्त रुप लिन थालेको बताए । उनले २ वर्षमा संस्थाले ३० लाख नाफा कमाएको र आगामी वर्ष त्यसलाई अझै रफतारमा लगेर सेयर सदस्यहरुको मन जित्ने बताए । अध्यक्ष उप्रेतीले खाद्य बैंकले कृषि उत्पादन ४ वटा प्रदेश अन्र्तगतको २३ वटा जिल्लाबाट गरिरहेको र आगामी दिनमा सातै प्रदेशबाट अग्र्यानिक कृषिउपज उत्पादनमा लागि पर्ने बताएका छन् ।