राष्ट्रिय आर्किटेक्चर प्रदर्शनी सम्पन्न «

राष्ट्रिय आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डी तथा रिद्धिसिद्धि सिमेन्टको संयुक्त सहकार्यलगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका सम्पदा तथा निर्माणसम्बन्धी सम्पूर्ण विषयहरूको एकै थलोमा विस्तृत जानकारी दिने उद्देश्यले १३ औं राष्ट्रिय एयसए आर्किटेक्चर प्रदर्शनी सम्पन भएको छ ।
शुक्रबारबाट सुरु भएको सो प्रदर्शनीमा वास्तुकलाले सामान्य जीवनमा पार्ने असरदेखि विश्वमा रहेको वास्तुकलाको अवस्थाबारे निकै रचनात्मक रूपमा विद्यार्थीहरूले प्रस्तुति दिएका थिए । पुल्चोक इन्जियरिङ कलेज भएको सो तीनदिने प्रदर्शनी आइतबार असार ८ गते समापन भएको हो । प्रदर्शनीमा वास्तुकलाका साथै विद्यार्थीहरूले चित्रकला, काष्ठकला तथा अरू विषयमा समेत बेजोड प्रस्तुति गरेका थिए । मजबुत निर्माणका लागि गुणस्तरीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै आइरहेको जगदम्बा स्टील्स्को राइनो ५०० डी तथा रिद्धिसिद्धि सिमेन्टले उक्त १३ औं राष्ट्रिय एयसए आर्किटेक्चर प्रदर्शनीको आयोजनामा सहायता पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्