पुनर्निर्माणमा टेवा पुरयाउन नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी

मिडिया स्पेस सोलुसन्स र फयुचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले सयुंक्त रूपमा आयोजना गर्दै आएको नेपाल बिल्डकन एन्ड नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २६ देखि २८ गतेसम्म भृकुटीकण्डपमा आयोजना हुने भएको छ ।
यस वर्ष सहप्रायोजकका रूपमा महिन्द्रा तथा निप्पोन पेन्ट छ भने सहयोगी सस्थाहरूले पनी कार्यक्रममा सहभागी जनाएको छ ।
प्रदर्शनीमा विभिन्न देशका २२० भन्दा बढी निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसाय र काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने भन्दै आयोजकले यस क्षेत्रमा आउने नयाँ–नयाँप्रविधिको बारेमा जानकारी गराउनका लागि पनि यो प्रदर्शनी ३ वर्षदेखि कोसेढुंगा सावित हुँदै आएको जनाएको छ ।
यस वर्ष नेपाल, इन्डिया, बंगलादेश, जर्मनी, इटली, स्पेन आदि देशहरूको सहभागी हुने भएको छ । साथै मेलामा अवलोकनकर्तालाई प्रवेश निःशल्कको व्यवस्था गरिएको छ । माघ २६ देखि २८ गतेसम्म चल्ने मेला चौथौ सस्कंरण हो तीन दिनसम्म चल्ने मेलामा विभिन्न देशहरूका २ सय २० भन्दा बढी स्टल मेलामा रहने कार्यक्रमका आयोजकले बताएका छन् । मेलामा निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरूले निर्माण व्यवसाय र काष्ठ व्यवसायसगँ सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी गराउनका लागि र यस क्षेत्रमा आउने नयाँ प्रविधिका बारेमा जानकारी गराउन यो मेला विगत दिन वर्षदेखि सञ्चालन गर्दै आइरेहेको छ । यसैगरी मेलामा नयाँ प्रविधिहरूको पनि प्रदर्शनी गर्ने भएको छ । यस वर्षको प्रदर्शनीमा हेभी इक्युपमेन्ट र प्रि फेबरीकेट हाउसहरूको पनि उल्लेखनीय सहभागी रहेको कार्यक्रममार्फत बताएका छन् । यसैगरी मेडिया स्पेस सोलुसन प्रालिका मेनेनजिङ डाइरेक्टर सिर्जल भटराईले, “यस प्रदर्शनीले नेपालमा हाल भइरहेको सम्रग निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनीकरणमा समेत टेवा पुरयाउने बताए ।” यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिक बाहेक निर्माण तथा काष्ठ क्षेत्रमा काम गरिरहेका नेपालका विज्ञ आर्किटेक्ट, इन्जिनियस्, कन्ट्र्याक्टर, विल्डरस तथा इन्टिरियर डिजाइनरहरूको सहभागी रहने भएको छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीको मूल उद्देश्यका रूपमा नेपालमा निर्माण तथा काष्ठ क्षेत्रको नयाँ सामान भित्राउने विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपल्ब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपल्ब्ध सामग्री तथा प्रविधिहरूलाई विदेशी सस्थांहरूसमक्ष प्रदर्शनी गर्नु मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन् ।