अमेरिकामा अटो बिक्री बढ्यो

अघिल्लो वर्षको तुलनामा जनवरीमा अमेरिकी अटो बिक्रीमा झिनो अन्तरको वृद्धि भएको छ । तर, धेरैजसो विश्लेषक र अटोनिर्माताहरूले पूरै वर्षमा झिनो अन्तरको गिरावट आउने अनुमान गरेका छन् । उद्योगलाई सकारात्मक हुने आर्थिक तत्वका बाबजुद उनीहरूले गिरावट आउने अनुमान गरेका हुन् ।
अटो निर्माताहरूले गत महिना १ प्रतिशतको वृद्धि भई ११ लाख ५० हजार सवारी बिक्री भएको जानकारी गराएका थिए ।
तर अटोनेसनका सीईओ माइक ज्याक्सनले प्रयोग भइसकेका पुराना मोडलका कारण उच्च मूल्यका नयाँ सवारीको बिक्री ओरालो लागेको बताएका छन् । कर सुधार, न्यून बेरोजगारी र मजबुत अवस्थाको उपभोक्ता मनोबलका बाबजुद नयाँ कारको बिक्री गत वर्षको १ करोड ७२ लाखबाट १ करोड ६८ लाखमा ओर्लेको उनले बताए ।
विगतका केही वर्षमा अटोनिर्माताले बिक्रीको ३० प्रतिशत भाडामा लगाएका थिए । हाललाई राम्रो उपकरण भएको प्रयोग भइसकेको कार औसत मूल्य २५ हजार डलरमा उपलब्ध भएको ज्याक्सनले बताए ।
ट्रक र एसयूभीको बिक्री ८ प्रतिशतले उकालो लागेको अवस्थामा कारको बिक्री भने झन्डै ११ प्रतिशतले गिरावट आएको छ ।
होन्डाको बिक्रीमा १.७ प्रतिशतको गिरावट आएर १ लाख ४ हजार ५ सय ४२ कायम भएको छ । हुन्डाईको बिक्रीमा गत वर्षको कीर्तिमानी अवस्थाबाट ११.३ प्रतिशतको गिरावट आएर ३९ हजार ६ सय २९ थान कायम भएको छ ।
निशान ग्रुपको बिक्रीमा १० प्रतिशतको वृद्धि भएर जनवरीमा १ लाख २३ हजार ५ सय ३८ कायम भएको छ ।