शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ योजनाका विजेता घोषणा «

शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ योजनाका विजेता घोषणा

शिवम् सिमेन्टद्वारा ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली विजेता घोषणा गरिएको छ । यस योजनाको (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । शिवम् सिमेन्टले यही मंसिर १८ गतेदेखि ‘शिवमसँग उपहार टन्न’ नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो ।

जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहने स्क्र्याच कुपन प्राप्त गरी दुई सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो । सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो । यस योजनामा छोटो समयमै ग्राहकहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार वापत र दुई भाग्यशाली जोडीले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन् । दोस्रो पुरस्कार अन्तर्गत चार जोडी विजेताले हेलिटुर, तेस्रो पुरस्कार अन्तर्गत ६ जनाले आधा केजी चाँदी र चौथो पुरस्कार ८ जनाले हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरूप जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्