Logo

जोगिएला चीनको आर्थिक चमत्कार ?

१९८० को दशकदेखि चीन विश्वकै तीव्र विकासको अर्थतन्त्रका रूपमा रहँदै आएको छ । १९७८ देखि २००५ सम्मको अवधिमा चीनको औसत वार्षिक वृद्धिदर १० प्रतिशत थियो । २००५ मा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.२८६ ट्रिलियन (२२ खर्ब ८६ अर्ब) डलर पुगेको थियो । १९७८ मा माओवादको अन्त्य भएदेखि यता चीन राज्यद्वारा लादिएको समाजवादी अर्थतन्त्रबाट मिश्रित अर्थतन्त्रको संक्रमणको अवस्थाबाट गुज्रँदै आएको छ ।

यो रूपान्तरणका लागि चीनको आर्थिक, वित्त, व्यवसाय, सुशासन र कानुनी प्रणालीलगायतका विभिन्न क्षेत्रमा सुधारको आवश्यकता थियो र यो परिवर्तनको अनिच्छित परिणामको जिम्मेवारी लिन सरकारको क्षमता पनि आवश्यक थियो । यो रूपान्तरण उच्च तहको औद्योगीकरण र सहरीकरणका साथ आएको थियो । यो प्रक्रियाले चीनको समाज, संस्कृति र अर्थतन्त्र सबै पक्षलाई प्रभावित तुल्याएको थियो । ११ डिसेम्बर २००१ मा चीन विश्व व्यापार संगठनको सदस्य बन्यो ।

३० वर्षको अवधिसम्म लगातारको दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरेर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको चीनको पछिल्लो दशकको आर्थिक वृद्धि भने एक अंकमा झरेको छ र कोभिड महामारीपछि उसले यो चामत्कारिक आर्थिक वृद्धिको दर जोगाउन सक्ला वा नसक्ला भन्ने जिज्ञासा हामीसामु देखा परेको छ ।

तर, पश्चिमा राष्ट्रहरूको प्रविधि, पुँजी र व्यापारिक शैलीसँग आफ्नो मुलुकको उद्योग र व्यापारले यी मुलुकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता आफूसँग नभएको र यसले पूरै चिनियाँ उद्योग र व्यवसाय धराशायी हुने आशंका र डरबीच पनि विश्व व्यापार संगठनमा प्रवेश गरेको चीनले यसबाट फाइदा नै लियो र विश्वको सबैभन्दा बढी निर्यात गर्ने मुलुकको रूपमा आफूलाई उभ्याउन सफल भयो । विश्वमा औद्योगिक र प्रविधिको दृष्टिले उच्च मानिएका मुलुकहरूको बहुराष्ट्रिय कम्पनीहरूले चीनमा लगानीको ओइरो नै लगाए ।

यसमा अमेरिकाको आईफोन र बोइङदेखि जापानको टोयोटा मोटर र फ्रान्सको एयरबसले सम्म आफ्नो उत्पादन गर्दै आएका छन् । २०१० को अगस्टमा चीनले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा जापानलाई उछिनेको थियो । यो उपाधि जापानले ४० वर्षसम्म आफ्नो पोल्टामा पार्न सफल भएको थियो । २०१० को अगस्टको अन्त्यमा जापानको अर्थतन्त्रको आकार ५.४७४ ट्रिलियन (५४ खर्ब ७४ अर्ब) डलर थियो भने चिनियाँ अर्थतन्त्रको आकार ५.८ ट्रिलियन (५८ खर्ब) डलरको थियो ।

३० वर्षको अवधिसम्म लगातारको दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरेर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको चीनको पछिल्लो दशकको आर्थिक वृद्धि भने एक अंकमा झरेको छ र कोभिड महामारीपछि उसले यो चामत्कारिक आर्थिक वृद्धिको दर जोगाउन सक्ला वा नसक्ला भन्ने जिज्ञासा हामीसामु देखा परेको छ । चीन सरकारले आफ्नो कडा शून्य कोभिड नीति फिर्ता लिएको छ । यसले धेरै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन चुनौतीको सामना गरेको छ, जसले आर्थिक वृद्धिमा अवरोध सिर्जना गर्न सक्छ ।

तीव्र जीडीपी विस्तार पुनर्स्थापना गर्न चिनियाँ नीतिनिर्माताहरूले निराशाको चक्रलाई तोड्न सक्नुपर्छ र गुमेको घरधुरीको विश्वास र कर्पोरेट आत्मविश्वासमा सुधार ल्याउन सक्नुपर्छ । चीनको शून्य कोभिड नीति त्याग्ने हालैको निर्णयले चिनियाँ अर्थतन्त्रको पुनरागमन हुने विश्वास धेरैको छ । उदाहरणका लागि ‘द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’ ले २०२३ का लागि चिनियाँ जीडीपी वृद्धिको प्रक्षेपणलाई समीक्षात्मक रूपमा बढाएर ५.२ प्रतिशत पुर्‍याएको छ ।

तर, वृद्धि सुधार स्वचालित छैन र चीनले कैयौं चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । यसमा फर्महरूको मनोबलमा आएको गिरावट र छोटो अवधिमा घरधुरीको उनीहरूको भावी आम्दानीप्रतिको मनोबलमा सुधारजस्ता विषयहरू पनि समावेश छन् । यसका साथसाथै मध्यकालीन अवधिमा अपर्याप्त उत्पादकत्व वृद्धि र दीर्घकालीन अवधिमा सकारात्मक नरहेको जनसांख्यिकी संक्रमणजस्ता चुनौती चीनका लागि समस्या बन्न सक्छन् ।

अल्पकालीन अवधिमा कर्जा विस्तारको सट्टा मनोबलको पुनर्स्थापना गर्ने विषय महत्त्वपूर्ण हो । दोहोरिएको लकडाउनको टिकाउ अवधिपछि कतिपय साना व्यवसाय र परम्परागत सेवा क्षेत्रमा रहेका कामदारहरू, जो आफ्नो काम र आम्दानीका लागि डराइरहेका थिए, उनीहरू खरिद गर्न हिचकिचाइरहेका छन् । यसैगरी कतिपय फर्महरू हालैको आम्दानी अवरोध र शिक्षा, प्रविधि र अन्य क्षेत्रहरूमा कसिलो नियमनको अवस्थाका कारण लगानी गर्नतर्फ अग्रसर देखिएका छैनन् ।

चीनमा सञ्चालनमा रहेका घरेलु र विदेशी फर्महरूका बारेमा सांघाईमा रहेको चाइना युरोप इन्टरनेसनल बिजनेस स्कुलले गरेको हालैको सर्भेमा चीनको व्यावसायिक मनोबल नयाँ न्यूनमा झरेको देखाएको छ । निराशाजनक अवस्था आत्मपूर्ति गर्ने खालको छ । यदि धेरै व्यवसाय र घरधुरीले मनोबल गुमाएमा र उनीहरूको खर्च कटौती गरेमा उत्पादनका लागि न्यून माग मात्रै हुन सक्छ र फर्महरूको सेवामा पनि गिरावट आउन सक्छ । तर न्यून आम्दानीले यी फर्महरूको ठूला आपूर्तिकर्ताहरूलाई वास्तवमै चोट पुग्न सक्छ ।

निराशाको चक्र तोड्न चिनियाँ नीति निर्माताहरूले अल्पकालीन अवधिमा पनि विश्वासको अवस्था पुनस्र्थापना गर्न सक्नुपर्छ । तर, उनीहरूको विकल्पमा विभिन्न अवरोध र साँघुरो अवस्था छ । भावी नीतिहरूलाई बढी अनुमान गर्न सकिने बनाउनाले मनोबल अभिवृद्धि गर्न अत्यन्त उपयोगी हुन सक्छ । तर, सामान्य सरकारी घोषणाबाट नीतिको अनुमान हासिल गर्न सकिन्न । कर्जा विस्तारले समग्र मागमा वृद्धि गर्न सक्छ । तर, यसले पनि अनिच्छित खालको मुद्रास्फीति ल्याउन सक्छ ।

यसैबीच महँगो कोभिड-१९ परीक्षण र क्वारेन्टाइनले चीनको आर्थिक क्षमतामा अवरोध ल्याएको छ । बिक्रीमा समय सीमितता र कर्पोरेट आम्दानीको कटौतीको एक नीतिलाई पनि विमर्श गर्न सकिन्छ । यी करलाई अस्थायी रूपमा मात्रै घटाएर चीनले आफ्नो सरकारी ऋणबोझ घटाउन सक्छ र घरधुरीको उपभोगलाई प्रोत्साहन गर्न वा बढाउन सक्छ । यसैगरी सीमित अवधिको कर्पोरेट आम्दानी कर कटौतीले धेरै निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्न सक्छ । यो लगानी प्रोत्साहन समान किसिमको स्थायी कटौतीले भन्दा बढी हुनेछ ।

मध्यकालीन अवधिमा उत्पादकत्व वृद्धिको गति बढाउन चिनियाँ अर्थतन्त्रका लागि बढी र थप प्याटेन्ट र सफ्टवेयरको आवश्यकता पर्छ । यसका लागि व्यक्ति, फर्म र क्षेत्रहरूका लागि स्रोतको राम्रो वितरण आवश्यक पर्छ । उदाहरणका लागि हुकोउ घरधुरी दर्ता प्रणालीको सुधार गरेर चीनले समान परिमाणमा मानाव स्रोतलाई थप सक्षमताका साथ परिचालन गर्न सक्छ र सामाजिक न्यायमा पनि सुधार गर्न सक्छ ।

सरकारी लाइसेन्स र बैंक कर्जा प्राप्त गर्नका लागि राज्य स्वामित्वका र निजी क्षेत्रका फर्महरूबीच खेल्ने अवस्था सिर्जना गर्नका लागि उत्पादकत्व बढाउने अर्को प्रयास पनि गर्न सकिन्छ । मध्यकालीन वृद्धि सुधार गर्न चीनले आफ्नै इतिहासलाई ध्यान दिनुपर्छ र बजार प्रवेश तथा व्यवसायमा प्रवेशको अवरोधलाई हटाउनेमा केन्द्रित हुनुपर्छ । आर्थिक वृद्धिदर भइरहेका औसत आकारका फर्महरूको लाभ अन्तरको वृद्धि र फर्महरूको संख्यामा हुने वृद्धिको संयुक्त अवस्थामा निर्भर रहन्छ ।

चिनियाँ उत्पादनमूलक क्षेत्र (म्यानुफ्याक्चरिङ) को एक अध्ययनले बृहत् नाफा वृद्धि समग्र जीडीपीको विस्तारमा ७० प्रतिशतको हिस्सा राख्ने देखाएको छ । योबाहेक चीनले दीर्घकालीन अवधिमा पनि समस्याको सामना गर्नुपर्ने देखिन्छ । त्यो भनेको देशको संकुचनमा गएको कार्यबल हो । आर्थिक प्रतिस्पर्धी मुलुकहरू भियतनाम र भारतको तुलनामा चीनको काम गर्न सक्ने उमेरका मानिसको जनसंख्या झन्डै एक दशकदेखि ओरालो लागिरहेको छ ।

यदि उत्पादकत्व वृद्धि निरन्तर रहेमा पनि जनसांख्यिकी रूपान्तरणले जीडीपी वृद्धिमा हाल भइरहेको गिरावटलाई थप डोर्‍याउन सक्छ । केही नीतिगत मापनहरू जस्तै ठूलो संख्यामा विदेशी कामदार भित्र्याउने कामले केही हदसम्म काम गर्न सक्छ । तर, यसले पनि सामाजिक तथा राजनीतिक जटिलता ल्याउन सक्छ । अन्य प्रयासमा जन्मदर बढाउने, अवकाशको उमेर बढाउने तथा श्रमबलमा महिलाको जनसहभागिता बढाउने जस्ता विषय पनि सम्भव देखिन्न ।

श्रमबलको गुणस्तर बढाउने वास्तवमै बढी वास्तविक लक्ष्य हुन सक्छ । उदाहरणका लागि चीनले आफ्नो कार्यबलका लागि औसत शिक्षाको तह बढाउन सक्छ । यसका लागि माध्यमिक विद्यालयको पूर्णता बढाउने र ग्रामीण क्षेत्रमा सीपमूलक तालिम दिने विद्यालयहरूमा सुधार गर्न सक्छ । स्मार्टफोन र ट्याब्लेटको सर्वव्यापकता र प्रयोगले कामदारको सीपमा सुधार गर्न नयाँ सम्भावना दिन्छ ।

तर, अनलाइन शिक्षा सेवामा गरिएको कडा नियमनपछि यो क्षेत्रमा व्यावसायिकतालाई प्रोत्साहन गर्नका लागि उदार नीति वातावरणको आवश्यकता पर्छ । अन्त्यमा चीन तीव्र जीडीपी वृद्धिमा गाँजिनु पनि हुन्न । यसको सट्टा उसले प्रतिव्यक्ति आय र जीवनको गुणस्तर सुधारमा केन्द्रित हुनुपर्छ । यसले जीडीपी वृद्धिभन्दा चिनियाँहरूको जीवनमा बढी अर्थ राख्छ र जनसंख्याको आकारमा बढी निर्भर पनि हुनु हुन्न ।

प्रतिक्रिया दिनुहोस्