डीएभी कलेजको प्रथम बीसीए फुटसल कप सम्पन्न «

डीएभी कलेजको प्रथम बीसीए फुटसल कप सम्पन्न

ललितपुरस्थित डीएभी. कलेजले डेढ लाख रुपैयाँ पुरस्कार राशीको प्रथम बीसीए. फुटसल कप सम्पन्न गरेको छ । १४ देखि १६ पुससम्म कलेजको फुटसल ग्राउण्डमा आयोजना गरिएको प्रतियोगितामा उपत्यकाका तीन जिल्लाका ३२ वटा बीसीए कलेजहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा नेपाली क्रिकेट राष्ट्रिय टीमका पूर्वकप्तान बिराज महर्जन, यू–टी २० राष्ट्रिय टीमका प्रमुख प्रशिक्षक मेघराज केसी, डीएभी कलेजका अध्यक्ष अनिल केडिया, कलेजका एकेडेमीक डाइरेक्टर सुमन बस्नेतलगायतले खेलाडीलाई हौसला प्रदान गरेका थिए । बीसीए कलेजहरुबीच पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा नेपालय कलेज कलंकी च्याम्पियन बनेको छ ।

सो कलेजले ट्रफीसहित एक लाख रूपैयाँ हात पार्‍यो । त्यसैगरी रनर–अप स्थान हासिल गर्दै जय मल्टीपल क्याम्पस जोरपाटीले ५० हजार रूपैयाँ र ट्रफी हात पार्‍यो । विजेता र उप विजेता दुवै टोलीलाई मेडलसहित प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै पाष्कल कलेजका डिकेश पहरीले टप स्कोरर अवार्ड, नेपालय कलेजका सुजन राणाले बेष्ट पेल्येर अवार्ड र जय मल्टीपल क्याम्पसका सुजन केसीले बेष्ट गोलकिपर अवार्ड हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्