चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा «

चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको औपचारिक भ्रमणका लागि बिहीबार उत्तर कोरिया पुगेका छन् ।
चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो ।
चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमण गरेका हुन् ।
चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ अनको उपस्थितिमा दुवै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बुधबार हस्ताक्षर भएको छ ।
आर्थिक तथा परम्परागत सम्बन्ध कायम हँुदै आएका यी दुई देशबीच राष्ट्रपति सीको यस भ्रमणबाट नयाँ अध्याय सुरु भएको समाचारमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्