Logo

राहदानी वितरण स्थगित

राहदानी लिनका लागि भीड बढिरहँदा परराष्ट्र मन्त्रालयले भने वितरण नै रोकेको छ । १७ पुसदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै विभागले आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य रोकेको हो । राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने बताएको छ ।

विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभाग क्षमाप्रार्थी छ ।’ साथै, नियमित रूपमा राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीहरूलाई बुक गरेको मितिमा बायोमेट्रिकका लागि विभागमा उपस्थित हुन पनि विभागले आग्रह गरेको छ ।

पछिल्लो समय राहदानीका लागि फारम बुझाउने र राहदानी लिनका लागि विभागमा सेवाग्राहीको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो । भीड कम गराउन जनगुनासो बढेपछि गृहमन्त्री रवि लामिछानेले केही दिनअघि विभागको कार्यालयमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्