टाटा मोटर्सको सोरुममा मनसुन मेनिया «

टाटा मोटर्सको सोरुममा मनसुन मेनिया

टाटा मोटर्स र यसको नेपालका लागि आधिकारिक बिक्रेता, सिप्रदी ट्रेडिङले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थित अत्याधुनिक सोरुममा असार ४ बुधबारदेखि सुरु भई असार ८ आइतबारसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
उक्त अवसरमा ग्राहक महानुभावहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतको गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न र जुनसुकै ब्रान्डका गाडीहरू एक्सचेन्जको सुविधा उपलब्ध गराएको भन्दै कम्पनीले कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा विशेष सुविधा, प्रत्येक बुकिङमा स्मार्ट फोन, प्रत्यक गाडीको मूल्यांकनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आकर्षणहरू रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्