Logo

भैरहवामा टाटाका कारहरूमा आकर्षण बढदै

पछिल्लो समय भैरहवा क्षेत्रका कार पारखीहरूले रोजेको खोजेको कार आफ्नै क्षेत्रमा खुलेका अटो बजारबाट सहज रूपमा प्राप्त गर्न थालेपछि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
आफ्नो रोजाईको कार भैरहवामै खुलेका अटो बजारहरूमार्फत उपलब्ध हुन थालेपछि धेरैलाई सजिलो हुँदै आएको छ । रोजेको र खोजेको कार भैरहवामा नहुँदा काठमाडौं नै पुग्नुपर्ने बाध्यता थियो । अहिले यो अन्त्य भएको छ । रूपन्देही सदरमुकाम भैरहवामा अहिले प्रायः चलन चल्तीका मुख्य कारहरूको बिक्री कक्ष तथा सर्भिस सेन्टर खुलेका छन् । पछिल्लो समय करिब २ वर्ष अघिदेखि यस क्षेत्रको अटो बजारमा प्रवेश गरेको टाटाका विभिन्न कारहरूले राम्रै बजार जमाएको छ ।
भैरहवा क्षेत्रमा टाटाको कारहरूको बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउँदै आएको बुद्धम् अटोमार्टका प्रबन्ध निर्देशक अभिनव मयुर कशौधनले भने । कशौधनका अनुसार टाटा कारमा अहिले युवापुस्ताको आकर्षण बढ्दो छ । “बिक्री सुरूको छोटो अवधिमै अपेक्षा गरेभन्दा बढी कारहरू बिक्री गर्न सफल भएका छौं,” उनले थपे । बिक्री र बिक्री पछिको सेवा साथै टाटाकारको विश्वस्तरका मोडलहरूले गर्दा आकर्षण बढ्दो छ ।
“कार बिक्री सुरू गरेको करिब २ वर्ष पुग्न लाग्यो, सो अबधिमा टाटाका बिभिन्न मोडलका कारहरू १ सयको हाराहारीमा बिक्री गर्न सफल भएका छौं,” बुद्ध अटोमार्टका सञ्चालक सुनिल सेन्चुरीले भने । “हामी भैरहवाको अटो बजारमा प्रवेश गर्दा यँहा नाम चलेका कारहरू सुजुकी, हुन्डाई, टोयोटा, फोर्ड, निसान, महिन्द्रा, इसुजु, रेनल्ट, किया लगायतको बिक्री पहिलेदेखि नै थियो । हामी प्रतिष्पर्धामा जानु थियो । तर, युवाको चाहना सहज रूपमा टाटाका कारतर्फ पनि मोडियो,” सेन्चुरीले भने ।
टाटाको कारमा नेक्सनको माग बढी छ । यो सेगमेन्टको कार अन्य कम्पनीका कार भन्दा मुल्य र सेवामा अझ बढी स्तरीय रहेकाले पनि धेरैको रोजाइ बनेको प्रबन्ध निर्देशक कशौधनको भनाइ छ । त्यस्तै टाटाको टियागो पनि रोजाईको कार छ । कम्पनीले बिभिन्न समयमा आयोजना गर्ने र प्रदान गर्ने उपहार, अफर अन्य कम्पनीका कारहरू एक्सचेन्ज, कार मेला लगायतका कार्यक्रमले अटो बजार आक्रामक बनाउन थप मद्दत पुगेको बुद्धम् अटोमार्टले जनाएको छ ।
टाटाको कार राम्रो छ, म अहिले यो प्रयोग गरीरहेको छु । बिग्रदा सामानहरू पनि सहज रूपमा पाइने र यसमा रहेका सुबिधा, फिचर्स र माईलेज पनि राम्रो छ, भिक्षु मैत्रेयले भने ।
अघिल्लो दुई सातामा भैरहवामै आयोजना भएको टाटा अटो मेलामा टाटाका बिभिन्न मोडलका ८ कार बिक्री भएको उनीहरूले बताएका छन् । स्थापनाको छोटो समयमै भैरहवा अटोबजारमा स्थापित हुन सक्नुमा उत्कृष्ट कम्पनीको कार बिक्री र बिक्री पछि प्रदान गरिने सेवा राम्रो रहेको उनीहरूको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्