Logo

सिर्जना फाइनान्सद्वारा विद्यालयलाई पंखा प्रदान

विराटनगरस्थित सिर्जना फाइनान्स लिमिटेडले सुसनरीको धरान–३ को एक विद्यालयलाई पंखा प्रदान गरेको छ । धरान–३ स्थित भानु स्मृति माध्यमिक विद्यालयलाई १५ थान पंखा सहयोग गरेको छ । गर्मीका कारणले सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा असहज भएको भनी विद्यालयले अनुरोध गरेकाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईंले जानकारी दिए । विद्यालयलाई चापागाईंले पंखा प्रदान गरे ।
सिर्जनाले समय–समयमा वृद्घवृद्घा, बालबालिका अनाथ र असहायलाई स्वास्थ, शिक्षा, प्राकृतिक विपत्ति र वातावरण संरक्षणमा सहयोग गर्दै आएको छ । हाल डेंगुको प्रकोपले आक्रान्त रहेको धरानमा गरिब परिवारका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयमा पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले धरानमा शाखा कार्यालय नरहे पनि यस किसिमले सहयोग पुर्याई अनुकरणीय कार्य गरेकोमा विद्यालयले आभार प्रकट गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्