मोबाइल मेलामा भिड, थपिएअफर, मोबाइल किन्दा १ लाखको बिमा «

मोबाइल मेलामा भिड, थपिएअफर, मोबाइल किन्दा १ लाखको बिमा

राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भइरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भीड लागेको छ । सेवाग्राहीको चाहनालाई ध्यानमा राखेर झन्डै आधादर्जन अफरहरू थप गरिएको जनाएको छ ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल निःशुल्क पाउने योजनामा मोबाइलका ४ मोडलहरू थप गरिएको भन्दै आयोजकले यसका साथै हरेक मोबाइलको खरिदमा १ लाख रुपैयाँसम्मको जीवनबिमा, निःशुल्क सिनेमा टिकटलगायतका अफरहरू पनि थप गरिएको जनाएको छ ।
६ सय ५० रुपैयाँमा मोबाइल किन्नेहरू पनि उल्लेखित अफरमा सहभागी हुनसक्ने पनि आयोजकको भनाइ छ । चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड
मोबाइल तथा सिटिसी मल सुन्धाराको भुइँ तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा उल्लेखित अफरहरू थप गरिएको पनि आयोजकले जनाएको हो ।
मेलामा जुनसुकै ब्रान्डका मोबाइल शून्य प्रतिशत ब्याजदरमा शून्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने व्यवस्था पनि मिलाइएको तथा मेला असार १५ गतेसम्म चल्ने आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस्