नेपाल टेलिकमको फाइभजी परीक्षण स्थगित «

नेपाल टेलिकमको फाइभजी परीक्षण स्थगित

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले नेपालमै पहिलो पटक आइतबारबाट सुरु हुने भनिएको फाइभजी परीक्षण स्थगित भएको छ । कम्पनीले प्राविधिक रुपमा आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने बताएको छ । यसअघि टेलिकमले अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरीदेखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो ।

तर नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै ट्रायलमा जाने हिसाबले ट्रायल स्थगित गरिएको टेलिकमका प्रवक्ता सोभन अधिकारीले बताए । बजारमा उपलब्ध फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

उनका अनुसार अबको केही दिन पछि मात्रै फाइभजी ट्रायल सुरु गरिनेछ । कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण भने यस अघि नै सम्पन्न गरिसकेको छ । फाइजीकै लागि निजी कम्पनी एनसेलले पनि परीक्षण गर्न सरकारको अनुमती कुरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्