राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसीको सेयर स्वाप रेसियो १ः१ «

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसीको सेयर स्वाप रेसियो १ः१

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक एक आपसमा गाभिँदा सेयर स्वाप रेसियो १ः१ हुने राष्ट्रिय वाणिज्य बैंकको शनिबारको विशेष साधारणसभाले जनाएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा.रबीन्द्रप्रसाद पाण्डेले मर्जरपश्चात् बैंक अझ बलियो हुने बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, हासिल गरेको उपलब्धि तथा भावी योजनाका बारेमा जानकारी दिएका थिए । हाल बैंकले ६९ जिल्लामा १८० वटा शाखा कार्यालय, १३० वटा एटीएम, ९२ वटा शाखारहित बैंकिङ र ६८ वटा शाखाबाट सरकारी कारोबार गर्दै आइरहेको छ । चालू आव ०७४–७५ को दोश्रो त्रैमाससम्ममा १ अर्ब ७८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्