हुरीपीडतलाई एनआरएनए युगाण्डाको सहयोग «

हुरीपीडतलाई एनआरएनए युगाण्डाको सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) युगाण्डाले तराईका हुरी पीडितलाई सहयोग संकलन गर्दै रकमसमेत पठाएको छ । एनआरएनए एनसीसी युगाण्डाले सहयोग संकलन गरी रहेको र हालसम्मको संकलित रकम एनआरएनएको कोषमा जम्मा गरेको आईसीसीका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।
जुन १२, २०१९ मा एनआरएनए एनसीसीले २ लाख ८६ हजार ५४७ रुपैयाँ सहयोग पठाएको बलिउड खबर डटकममा समाचार छ । संघका अध्यक्ष राजमणि भडारीले ढिलै भए पनि युगाण्डाबाट पीडितलाई सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गरेको छ । संघको उक्त अभियानमा हालसम्म विभिन्न एनसीसीहरुबाट ६५ लाख २९ हजार ६१५ रुपैयाँ जम्मा भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्