एनआरएनए एनसीसी जर्मनीको अधिवेशन सेप्टेम्बरमा «

एनआरएनए एनसीसी जर्मनीको अधिवेशन सेप्टेम्बरमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जर्मनीको अधिवेशन आगामी सेप्टेम्बर १६ मा हुने भएको छ । एनआरएनए एनसीसी जर्मनीको नियमित सातौं बैठक संघका अध्यक्ष विजय मोक्तानको अध्यक्षतामा सम्पन्न भएको बलिउड खबरले जनाएको छ ।
उक्त बैठकमा संघका अग्रज तथा अभिन्यताहरुको उपस्थितिमा कार्यसमितिको बैठक निर्णयहरु लामो छलफलबाट पारित भएका छन् । एनआरएनए एनसीसी जर्मनीको आगामी योजना र कार्यक्रम तथा अधिवेसन एवं पंजीकृत सदस्यता वितरण तथा क्षेत्रीय शाखाहरुको विस्तार तथा पुनर्गठन एवं क्षेत्रीय अधिवेसन एनआरएनए एनसीसी जर्मनीको अधिवेसन पहिले नै गरिसक्नु पर्ने भएकोले कार्यसमितिको सक्रियता र जिम्मेवारीको बारेमा पनि विस्तृत छलफल भएको छ ।
संघलाई जर्मनीमा रहने सबै एनआरएनहरुले अपनत्व ग्रहण गर्न सक्ने र संघको आर्थिक पारदर्शिता तथा स्वच्छतालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धतालाई यो बैठकले अझ धेरै परिमार्जित गरेको छ । संघको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्न सक्रियता दिने निर्णयका साथ सबैलाई सदस्य बन्न हार्दिक अनुरोध गरिएको छ । संघको बैठकले सदस्यता बितरणका लागि युवा संयोजक रविन लामिछानेलाई जिम्मेवारी प्रदान गरेको छ । सम्पूर्ण क्षेत्रीय शाखा (एलसीसी) हरु आगामी १५ जुलाईदेखि २५ अगस्ट २०१९ भित्र नयाँ कमिटी गठन गर्नुपर्ने बैठकमा पारित गरेको छ । केहि क्षेत्रीय शाखाहरुका मिति पनि निर्धारण भइसकेका छन् । २२ जुलाई बर्लिन, २७ जुलाई हेसन र १८ अगष्टमा एनआरडब्लुको लागि मिति तय गरिसकिएको छ । सबै क्षेत्रीय शाखाहरुको नयाँ कार्यसमिति गठनपश्चात १६ सेप्टेम्बर २०१९ का दिन एलसीसी एनआरडब्लुमा एनआरएनए एनसीसी जर्मनीको अधिवेसन आयोजना गरिने निर्णय बैठकले गरेको छ ।
एनआरएनए एनसीसी जर्मनीको बैठकमा उपस्थित सहभागीहरुमा आइसीसी सदस्यद्वय नारायण अधिकारी र हरेन्द्र वनेम, संरक्षक उषा शर्मा र श्याम खनाल, सल्लाहकार शिखर खड्का, राम गुरुङ, खड्ग न्यौपाने, तेजेन्द्र कार्की, पूर्व आईसीसी सदस्य सुरेन्द्र प्रधान, एनआरएनए जर्मनीको कार्यसमितीबाट महिला उपाध्यक्ष किरण सिग्देल, उपाध्यक्ष हरी न्यौपाने र मिलन पन्त, महासचिव टंक लम्साल, सचिब राजेश सुनवार, कोषाध्यक्ष निनम्मा राई, महिला संयोजक भिमानानी श्रेष्ठ, सहसंयोजक सुनिता थापा क्रान, युवा संयोजक रविन लामिछाने, साँस्कृतिक संयोजक लक्ष्मण जोशी, प्रवक्ता शंकर डाँगी, कार्यकारी सदस्यहरुमा बेल गुरुङ, सूर्य गिरी, मेनका त्रिपाठी, करुना राई, राजेश कुँवर, राम गुरुङको उपस्थितमा बैठक सम्पन्न भएको थियो ।
आगामी ३–४ अगष्ट २०१९ मा इटलीमा हुने १२ औ युरोपेली बैठकमा बिशेष प्रस्तुती र बिगतमा जस्तै राजनीतिक बढावा नदिन अनुरोधसहित बिशेष सहभागीता जनाउन समेत बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्