Logo

एनआरएनए पूर्वी साउदी क्षेत्रीय समितिमा अनुजा

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) साउदी अरब अन्तर्गत रहेको पूर्वी क्षेत्र क्षेत्रीय समितिको छैटौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष अनुजा थापा सहित १५ सदस्यीय कार्यसमिति चयन भएको डिसी नेपालले जनाएको छ ।
अध्यक्ष अनुजा थापाको अलावा उपाध्यक्षमा विनय रौनियार, सचिवमा तुल्सिराम आचार्य, सहसचिवमा इन्दिरा श्रेष्ठ, कोषाध्यक्षमा दिपक ढुङ्गाना, सहकोषाध्यक्षमा रामजतन यादव, र प्रवक्तामा शुक्र मोक्तान रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमा लोकेन्द्र फियाक, बलराम थापा, हरी सुवेदी, कृष्ण सिग्देल, राज कुमार ढकाल र लोक बहादुर रहेका छन् ।
साउदी अरबको पूर्वी प्रान्त दम्मामस्थित अलख्याम अडिटरिएम हलमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास रियाद साउदी अरबका राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपूत तथा नियोग उपप्रमुख दिलिप कुमार पौडेलको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा एनआरएनए आईसीसी मानार्थ सदस्य राजु सैयद, आईसीसी मध्यपूर्व महिला उपसंयोजक यास्मिन बेगम, आईसीसी सदस्य तथा वैदेशिक रोजगार आप्रवासी कामदार कल्याण कोष मध्यपूर्व सहसंयोजक जोन अर्याल, आइसिसी सदस्य धरम के।सी। लगायत राष्ट्रिय समन्वय परिषद् साउदी अरबका संरक्षक विरेन्द्र कुमार चौधरी, ओम घले, एनसिसि अध्यक्ष नारायण पासवान, वरिष्ठ उपाध्यक्ष डमर कुमार यादव, कोषाध्यक्ष मो जैनुल अव्दिन, प्रवक्ता उमेश भट्टराई, महिला संयोजक रबिना अर्याल, केन्द्रिय सदस्य दीपक शाही, रोशन कुमार श्रेष्ठ, भोला पौडेल लगायत क्षेत्रिय तथा स्थानीय समितिमा आवद्ध पदाधिकारीहरू, पन्जीकृत सदस्यहरू, शुभचिन्तक हरूको सहभागिता रहेको थियो । साथै नेपाली जनसम्पर्क समिति साउदी अरब उपसभापति प्रमोद लामिछाने, किरायायो साउदी अरब उपमहासचिव रबिन राई थुलङ, सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चका केन्द्रिय सदस्य यावा लिम्बू र अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
यसैगरी गैरआवासीय नेपाली संघ स्थानीय समन्वय समिति दम्माम साउदी अरबको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । साउदी अरबको दम्मामस्थित अल ख्याम रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जस अन्तर्गत अध्यक्षमा शंकर भट्टराई, उपाध्यक्षमा टिका राम भुसाल, सचिवमा रमेश भट्टराई, सहसचिवमा राजेन्द्र पन्त कोषाध्यक्षमा प्रेम इजम लिम्बु, सदस्यमा गणेश अर्याल, सदस्यमा टोप बहादुर, सदस्य उपेन्द्र पन्डित, सदस्य उपेन्द्र ठाकुर, सदस्य चक्र माल, सदस्यमा पितम्बर पौडेल रहेका छन् । लोकेन्द्र फियाक लिम्बू अध्यक्ष रहेको स्थानीय समन्वय समिति दम्मामको कार्यकाल समापन भएसँगै नयाँ अधिवेशनले उक्त समितिमा नयाँ पदाधिकारी चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्