Logo

खल्तीबाट आइएमई लाइफको प्रिमियम भुक्तानीमा नगद फिर्ता

‘खल्ती’ ले आई एमइ लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताको लागि बिमा प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ । अफर अन्तर्गत प्रयोगकर्ताले प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । यो सुविधामार्फत आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताले नेपालभरि जहाँबाट पनि सजिलै खल्तीबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्सको बिमा प्रिमियम खल्ती एपको होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्ने, ‘आइएमई लाईफ इन्स्योरेन्स’ छनौट गर्ने र मागिएको विवरण भरी भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ । प्रयोगकर्ताले भुक्तानी गरेपछि १००० रुपैयाँको बोनस तुरुन्तै पाउनेछन् । तर, प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्दा मात्रै बोनस प्राप्त हुनेछ ।

यसका साथै, खल्तीले अर्को ठूलो अफर छ जस अन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२ टिभी जित्ने सम्भावना रहेकोछ । आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंकबाट भुक्तानी गरी यो अफरमा सहभागी जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्