Logo

अमेरिकाले रूसलाई अन्धकार बनाउन सक्ने

मस्को, अमेरिका र रूसबीचको सम्बन्धमा दरार आएको समयमा अमेरिकाले कुनै पनि समयमा रूसलाई अन्धकार बनाउन सक्ने खबर बाहिरिएको छ ।
सूत्रका अनुसार रूसको इलेक्ट्रिक पावर ग्रिडलाई अमेरिकाले ह्याक गर्न सक्छ । यसबाट कुनै पनि समयमा रूसमा विद्युत् जान सक्छ । क्रेमलिनले यो विषयमा सोमबार जानकारी दिएको हो ।
यद्यपि रूसको सिस्टम यस किसिमको कुनै पनि इलेक्ट्रोनिक हमला रोक्नका लागि पूरै किसिमबाट सक्षम भएको पनि क्रेमलिनले जनाएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री एस पेस्कोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो विषयमा कुनै जानकारी नभएको चिन्ता व्यक्त गरेका छन् । न्युयोर्क टाइम्समा प्रकाशित समाचारका अनुसार रूसको ऊर्जा प्रणाली तथा अन्य लक्ष्यमा अमेरिकाले साइबर उपकरण राखेको छ ।
अमेरिकाका कैयौं विद्यमान र पूर्वअधिकारीले दुवै देशबीच ठूलो मात्रामा झडप भएको अवस्थामा यो कार्यक्रमको माध्यमबाट रूसको पावर ग्रिडमा हमला गर्न सकिने बताएका छन् ।
रूसको पावर ग्रिडमा कति हदसम्म यो सफ्टवेयर राखिएको छ भन्ने विषय भने स्पष्ट भएको छैन । यो जानकारीको अर्थ रूसको विरुद्धमा साइबर हमलाको काल्पनिक सम्भावना भएको पेस्कोभले बताए ।
आफ्नो सिस्टमको विरुद्धमा कुनै हमलाको कुनै सूचना प्राप्त नभएको रूसको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रूसी ऊर्जा पावर ग्रिडको सुरक्ष व्यापक उच्च छ । यस किसिमको खतरासँग जुझ्नका लागि रूसी प्रविधि तथा उपकरणलाई आधुनिक गर्ने काम भइरहेको उक्त विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी जासुसी एजेन्सीका अनुसार रूस साइबर अपराधको सबैभन्दा ठूलो स्रोत हो । उसको निर्देशन अनुसार नै अमेरिकी सिस्टमलाई निशाना बनाइने गरिएको छ ।
अमरिकी अनुसन्धानकर्ताका अनुसार रूसी जासुसी एजेन्टले २०१६ को राष्ट्रपति चुनावभन्दा पहिले अमेरिकी मतदान प्रणालीसम्म पहुँच बनाउने प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्