मयूर नाचमा महिला «

मयूर नाचमा महिला

गाउँघरको सांस्कृतिक गतिविधिमा विविधता छ । चाडवर्ष तथा मेला महोत्सवहरूमा सहर बजारको जस्तो साउन्ड सिस्टमबाट गीत बजाउने चलनले अझै पूर्ण रुपमा मिचिसकेको छैन । मेला महोत्सवहरूमा अझै पनि प्राचीन मौलिक गीतसंगीत तथा नृत्य देख्न सकिन्छ ।
रुकुममा मयूर र पैसेरी नाच स्थानीयले जोगाइराखेका छन् । त्यसबाहेक ठाउँ अनुसार विभिन्न अन्य सांस्कृतिक झाँकीहरू प्रस्तुत हुने गरेका छन् । यस्ता नृत्यमा केहि वर्ष अघिसम्म पुरुषहरूको नै वर्चश्व हुने गरेको थियो । तर हिजोआज त्यस्ता सांस्कृतिक प्रस्तुतिहरूमा महिलाहरूको समान सहभागितादेखि लिएर महिलाहरू एक्लैले पनि त्यस्ता सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्न थालेका छन् ।
रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा महिलाहरूले सांस्कृतिक समूह तथा क्लब गठन गरी मेला महोत्सवहरूमा परम्परागत नृत्य देखाउने गरेका छन् ।
मयूर नाचलाई गरुवा नाच पनि भनिन्छ । यस नाचमा मयूरको प्वाँख बोकेर माथि कालो स्टकोट तल सेतो धरो अनि कम्मरमा पटुकी बाँधेर पुरुषहरू नाच्छन् भने महिलाहरू माथि मखमलको चौबन्दी चोली, तल लुंगी र कम्मरमा पटुकी बाँध्ने गरिन्छ । त्यसबाहेक नाच्दा सहयोगी हुने अन्य पोशाकहरू पनि लगाइन्छ ।

प्रतिक्रिया दिनुहोस्