युरेनियम हतियारमा इरान एक पाइलामात्रै पछाडि
तेहरान,अमेरिकासँगको परमाणु सम्झौतामा बढेको तनावका बीच इरान अब युरेनियम हतियार बनाउनबाट १ पाइला मात्रै पछाडि छ । इरान परमाणु ऊर्जा संगनका अनुसार इरानले युरेनियम संवद्र्धनको गतिलाई चार गुणाले बढाएको छ । संगठनका प्रवक्ता बेहरुज कमालवंडीले सोमबार इरानले उच्च गुणस्तर भएको ३ सय किलो युरेनियमको सीमा आगामी १० दिनमा तयार पार्ने बताएका छन् । यसपछि देशको आवश्यकताको आधारमा युरेनियमको सवंवद्र्धनको गतीलाई थप बढाउने कमालवंडीले बताएका छन् । युरेनियम हतियार बनाउने काममा इरान अब केवल १ पाइलामात्रै पछाडि रहेको बताएका छन् । यसका लागि अब इरानलाई २० प्रतिशत संवद्र्धनको आवश्यकता पर्छ । इरानले गत महिना परमाणु सम्झौताको पालना गर्न अस्वीकार गरेको थियो ।
इरानले २०१५ को सम्झौता तोड्ने
२०१५ को सम्झौताअनुसार गत वर्ष ट्रम्पले अमेरिका सम्झौताबाट बाहिरिने र इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने निर्णय गरेपछि इरान कुनै पनि किसिमबाट प्रभावित नभएको संकेत इरानको यो घोषणाले गरेको छ ।
गत वर्ष विश्वमा परमाणु हतियारको संख्यामा कमी आएको तर नयाँ किसिमको परमाणु हतियार बन्न थालेको छ । स्टकहोमा अन्तर्राष्ट्रिय शान्ति अनुसन्धन संस्था (सिप्री)ले सोमबार जारी गरेको एक रिपोर्टमा यो दावी गरिएको हो । अवस्थामा नियन्त्रण भए पनि महाशक्तिहरूले आफ्नो शस्त्र भण्डारलाई समृद्ध गर्दै लगेकमो रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्टका अनुसार अमेरिका, रूस, बेलायत, चीन, भारत, पाकिस्तान, इजरायल तथा उत्तर कोरियासँग करिब १३ हजार ८ सय ६५ परमाणु हतियार छ । २०१८ को तुलनामा यो ६०० ले कम हो । कुल हतियारको ९० प्रतिशत रूस र अमेरिकासँग मात्रै छ ।