सौरभ ज्योतिको ‘मेरो देश’ सार्वजनिक «

सौरभ ज्योतिको ‘मेरो देश’ सार्वजनिक

सौरभ ज्योति, एक व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशकको रूपमा परिचित छन् । उनी संगीतमा पनि गहिरो रुचि राख्छन् । हालै मात्र उनको नयाँ गीत, ‘मेरो देश’ सिंगल, बजारमा रिलिज भएको छ । यो गीतमार्फत, उनी आफ्नो देश र ग्राहकप्रति माया दर्शाउन खोजिरहेका छन् ।

गायन बाहेक उनी यो गीतको निर्माता पनि हुन् । ज्योति ग्रुप ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै पहिलो स्टिल प्लान्ट–हिमाल आइरन, पहिलो अक्सिजन प्लान्ट–हिमाल अक्सिजन र पहिलो वाएर प्लान्ट–हिमाल वाएर्स, स्थापना गरी देशमा योगदान पुर्‍याएको छ । ज्योति ग्रुप (उत्पादन, व्यापार, सेवा र लगानी) क्षेत्रमा कार्यरत छ ।

प्रतिक्रिया दिनुहोस्