रिलायन्स लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम अभिकर्ता सम्मानित «

रिलायन्स लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम अभिकर्ता सम्मानित

रिलायन्स लाइफ इन्स्योरेन्सले सुदूरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा सुरु भई, लम्की, महेन्द्रनगर हुँदै नेपालगन्ज पुगेर सम्पन्न भएको थियो ।

सो कार्यक्रममा कम्पनीका १०० भन्दा बढी अभिकर्ताहरु ‘रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरेबापत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता, चिफ विजिनेश अफिसर सन्दिप कसजु तथा कम्पनीका स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्