नेशनल लाइफ इन्स्योरेन्सको ‘चेयरपर्सन’ कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि तीन दिने ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० जनाभन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा अभिकर्तालाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बिमा विक्रय कलासम्बन्धी तालिम प्रशिक्षण प्रदान गरिएको थियो ।
साथै, नयाँ बिमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्बन्धमा विस्तृत जानकारी गराइएको थियो । नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तीय र तृत्तीय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने एकजना गरी सातजनालाई सम्मानपत्रसहित नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।