धनगढीमा रिलायन्स लाइफ इन्स्योरेन्सको सम्मान कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, चिफ विजिनेश अफिसर सूर्यप्रकाश गुप्ता, चिफ विजिनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर ललितबहादुर साउदको तथा कम्पनीका स्थानीय प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कम्पनीका अभिकर्ताहरु ‘रिलायन्स साथी’ लाई उत्कृष्ट व्यावसायिक प्रदर्शन गरेबापत सम्मान गरिएको थियो ।