२०२० को चुनावमा मिलेनियरले ट्रम्पको सट्टा बिदेलाई भोट हाल्ने «

२०२० को चुनावमा मिलेनियरले ट्रम्पको सट्टा बिदेलाई भोट हाल्ने

वासिङटन-यदी पूर्व उप राष्ट्रपति डेमोक्र्याटको मनोनयनमा परेमा आगामी चुनावमा अमेरिकी मिलेनियरले डोनाल्ड ट्रम्पको सट्टा जोइ बिदेनलाई भोट हाल्ने एक नयाँ सर्भेले देखाएको छ ।
एक अमेरिकी सञ्चार माध्यमको सर्भेमा यदी २०२० को चुनावमा विभिन्न बिरोधीका बिरुद्धमा ट्रम्प उमेद्वार भएमा कसलाई छान्नु हुन्छ भन्ने प्रश्न सोधिएको थियो । आमने सामने मुकाविलामा ट्रम्पलाई हराउन सक्नेमा बिदेन र पिट बुटिगिग मात्रै देखिएका छन् ।
५३ प्रतिशत मिलेनियरले आफुले ट्रम्पको सट्टा बिदेनलाई भोट हाल्ने बताएका छन् । ३९ प्रतिशतले ट्रम्पलाई भोट हाल्ने बताएका छन् भने ८ प्रतिशतले अझैंसम्म आफुले यो विषयमा निर्णय गरिनसकेको बताए । ट्रम्प र बुटिगिग चुनावी मैदानमा भएको अवस्थामा भनते ४३ प्रतिशतले बुटिगिग र ४२ प्रतिशतले ट्रम्पलाई भोट हाल्ने बताएका छन् ।
बर्नि स्यान्डर्सको तुलनामा ट्रम्पको पक्षमा ४० प्रतिशतको बिरुद्धमा ४६ प्रतिशत अभिमत देखिएको छ । ट्रम्पले कमला ह्यारसको बिरुद्धमा ४२–४५ प्रतिशतको अभिमत प्राप्त गरेका छन् । यसैगरी एलिजावेज वारेनसँग उनको मतान्तर ४७÷४० प्रतिशत देखिएको छ ।
अवस्य पनि मिलेनियरकोको भोट चुनावी नतिजाको विश्वसनीय अनुमान होइन । मिलेनियरहअरुले २०१६ को चुनावमा पनि ट्रम्पको ३१ प्रतिशतको बिरुद्धमा हिलारी क्लिनटनलार्य ४४ प्रतिशत अभिमत दिएको सर्भेले देखाएको थियो ।
मिलेनियरको पक्षले डेमोत्र्mयाट को उमेद्वारलाई नकारात्मक असर पार्न सक्छ । धनी दाता र कर्पोरेट पक्षधरहरुसँग लचिलो भएका कारण बिदेन बिरोधीहरुको आक्रमणमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्