Logo

एलजीको एयर सोलुसन्स सम्मेलन

एलजी कम्पनीले ऐयर सोलुसन्स सम्मेलन गरेको छ । सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरुको उपस्थिति रहेको थियो । एलजी एयर सोलुसन्स सम्मेलनमा एलजीका विभिन्न उपकरणको उपयोगिताका बारेमा जानकारी गराउने उद्देश्यका साथ सम्मेलन गरीएको कम्पनीले जनाएको छ ।

दुई सत्रमा विभिजित सम्मेलनमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी एयर सोलुसन्सका विभिन्न उपकरणको प्रस्तुति दिनुका साथै सिजी इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एलजी एयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए ।

कार्यक्रमको मुख्य आर्कषणएलजी विजनेस सोलुसन्सअन्तर्गत रहेको मल्टी भीआरएफ, एयर प्युरिफायरलगायत विभिन्न उपकरण रहेका थिए । एलजी एयर सोलुसन्स सम्मेलनको दोस्रो सत्रमा ‘ऊर्जा दक्षतामा प्रविधिको भूमिका’ शिर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो ।

उक्त सत्रमा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी, एचभिएसी कन्सल्टेन्ट रविन्द्रनाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टरका सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए । चौधरी ग्रुपले एलजीसँग तीन दशक भन्दा बढी व्यावसायिक सहकार्य गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्