एनएमबि बैंक र फोनपेको सहकार्य

विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्य लिएर एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पूरै डिजिटल बनाउने अभियान सुरु भएको छ ।
क्यूआरमार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाद्वारा सो अभियानको सुरुवात भएको हो ।
मनकामना मन्दिर परिसरमा पुजा सामग्री, फलफूल, रेस्टुरेन्टलगायत अरु व्यवासयको भुक्तानी साथै मन्दिरमा भेटी दानसमेत अब विद्युतीय माध्यमबाटै गर्न सकिने भएको छ । बैंकले हाल देशभरी २०१ शखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।