भन्सार एजेन्ट संघ भैरहवाको अध्यक्षमा न्यौपाने «

भन्सार एजेन्ट संघ भैरहवाको अध्यक्षमा न्यौपाने

नेपाल भन्सार एजेन्ट संघ भैरहवाको अध्यक्षमामा असिम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न भन्सार एजेन्ट संघ भैरहवाको ९ आंै अधिवेशन तथा २१ औं साधारणसभाबाट न्यौपानेको अध्यक्षतामा सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका हुन् ।
संघको उपाध्यक्षमा मधुप्रसाद पन्थी, महासचिवमा हिराबहादुर कनोडिया, कोषाध्यक्षमा ओमप्रकाश गिरी र सचिवमा सञ्जय शर्मा छन् । त्यसैगरी सदस्यहरूमा खेमप्रसाद भुसाल, सत्यनारायण चौधरी, अमोल थैव, माधव शर्मा, सुरेन्द्रबहादुर श्रेष्ठ, जितेन्द्र कर्ण, सुमन शर्मा र देवराज न्यौपाने रहेको संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले भैरहवा भन्सार कार्यालयबाट हुने आयात निर्यात कार्यलाई सहज गराउन भूमिका खेल्ने बताउँदै भन्सार एजेन्टहलाई समय सापेक्ष बनाउने कार्यमासमेत लाग्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्