रुस र चीनलाई अलग्याउनु राम्रो होइनःम्याक्रो

मस्को, युरोपले नेटोको क्षेत्राधिकार बाहिर गएर रुससँग सम्बन्ध राख्नुपर्ने फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले बताएका छन् । उनले मस्कोसँग चासोको आपसी क्षेत्रमा रणनीतिक बहस गर्ने इच्छा पनि व्यक्त गरेका छन् ।
“युरोपले रुससँग विश्वास र सुरक्षाका नयाँ नियमको निर्माण गर्नु आवश्यक छ,” म्याक्रोले बताए । “युरोपले युरोप र रुसबीचको मात्रै सम्बन्ध निर्माण गर्नु आवश्यक छ,”स्वीस टेलिभिजन च्यानल आरटीएसलाई दिएको अन्तर्वार्तामा उनले बताए ।
विशेषगरी युक्रेनको विषयलाई लिएर मस्को र ब्रसेल्सबीच मत भिन्नता रहेको विषयमा म्याक्रोले विश्व मामिलामा रुसको भूमिकालाई कम आक्न नसकिने बताए । सिरियामा रुसको उच्च सफल आतंकवाद बिरोधी अभियानले मस्कोले प्रमुख सुरक्षा विषयहरु समाधान गर्न आवश्यक भएको विषयमा फ्रान्सेली राष्ट्रपतिले जोड दिए ।
“हामीलाई रणनीतिक बहसको आवश्यकता छ । त्यसैले म भ्लादिमिर पुटिनसँग यसै साता छलफल गर्नेछु,” म्याक्रोले बताए ।
“रुस र चीनलाई अलग्याउनु राम्रो होइन्,” उनले थपे ।
उनले संयुक्त ईयूको सैन्य बल ‘युरोपियन आर्मी’ को गठनको महत्वाकांक्षि योजनालाई पुनः जीवित बनाइनु पर्ने बताए । युरोप महादेशको सुरक्षाका लागि यसको आवश्यकता भएको उनले बताए । म्याक्रोको यो अभिव्यक्तिले डोनाल्ड ट्रम्पलाई पक्कै पनि बेचैती भएको छ । ट्रम्पले नेटोका सदस्यहरुले अमेरिकी सुरक्षा छातामा बढी खर्च गर्नुपर्ने बताउदै आएका छन् ।
युरोपको सुरक्षाप्रति चासो व्यक्त गर्दै म्याक्रोले ट्रम्पको दसकौ पुराना इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी (आईएनएफ) बाट फिर्ता हुने निर्णयको पनि आलोचना गरेका छन् । उक्त सन्धीले ५०० देखि ५५०० किलोमिटर सम्मको जमिनबाट प्रहार गरिने क्षेप्यास्त्रलाई प्रतिबन्ध लगाएको. थियो ।