Logo

विदेशका श्रमिकको समस्या समाधान गर्न जिफन्टको माग

नेकपा (एमाले) मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकको समस्या समाधान गर्न सरकारलाई दवाव दिएको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरुको समस्याबारे भने सरकार गम्भिर नभएकोप्रति आक्रो व्यक्त गरे । अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा जानका लागि आफ्नो दक्षता वृद्धि गर्न श्रमिकलाई पनि आग्रह गरे । वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले देशभित्रै रोजगारीको अवसर सृजना गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

“मुलुक रेमिट्यान्सको भरमा चलेको छ । तर वैदेशिक रोजगारीमा गएकाहरुको समस्या भने अझै पनि सरकारले समाधान गर्न सकेको छैन” उनले भने, “सरकार गम्भिर भएर उनीहरुको समस्या तत्काल समाधान गर्नु पर्दछ ।” जिफन्टले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको पनि हित प्रवर्द्धन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्