Logo

लयमा आउँदै पर्यटन

फाइल तस्बिर ।

पछिल्लो ११ महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या पाँच लाख ४६ हजार पुगेको छ । सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २ सय १६ ले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

कोभिड–१९ पछि नेपालको पर्यटन बजार लयमा फिर्ता हुने क्रममा रहेको छ । सन् २०१९ को अन्त्यबाट चीनमा फैलिएको कोेभिड–१९ का कारण विश्वभर नै पर्यटन गतिविधि र आगमनमा प्रतिबन्धका कारण पर्यटन क्षेत्र सुस्ताएको थियो । कोभिड–१९ पछिको दुई वर्ष नेपालको पर्यटन आगमन लयमा फिर्ता हुने क्रममा छ भने पर्यटन बजार विस्तारै चलायमान हुँदै गएका छन् ।

कोभिड–१९ का कारण सेलाएको पर्यटन बजार विस्तारै पुनरुत्थान हुने क्रममा रहेको र पर्यटन आगमनमा आएको केही सुधारसँगै पर्यटन बजार तंग्रिने क्रममा रहेको संकेत गर्छन् नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धन्नजय रेग्मी बताउँछन् । सन् २०१९ को अन्त्यबाट चीनमा फैलिएको कोभिड–१९ का कारण पर्यटक आगमनमा प्रायः शून्य थियो जुन त्यसयता कै सबैभन्दा कम पर्यटक आगमन दर हो ।

विगतमा चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकको आगमन संख्या दोस्रो स्थानमा थियो । तर, पछिल्लो समय कोभिड–१९ कारण चीनले पर्यटन गतिविधि कम भएपछि नेपालमा पर्यटनक आगमनमा समेत कमी भएको थियो । २०१९ मा भने ११ लाख ९७ हजार, कोभिड–१९ का कारण पर्यटक आगमनमा कमी हुँदा सन् २०२० मा २ लाख ३० हजार र सन् २०२१ मा १ लाख ५० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड–१९ को २ वर्षपछि पर्यटन आगमनमा सुधार आएको र आगामी दिनमा थप सुधार हुँदै जाने बोर्डका सीईओ रेग्मीको भनाइ छ । उनले भने, “सन् २०१९ को तुलनामा करिब ५० देखि ५५ प्रतिशतले सुधार आउने देखिन्छ । यो भनेको पर्यटन पुनरुत्थानको लयमा भएको संकेत हो ।” पछिल्लो ११ महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या पाँच लाख ४६ हजार पुगेको छ । सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २ सय १६ ले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा आगमनदरमा ५५.७६ प्रतिशतले सुधार आएको जनाएको छ । यो सँगै सन् २०२२ सम्म नेपाल भ्रमण गर्ने पर्यटकको संख्या करिब ६ लाखको हाराहारीमा कायम हुने देखिएको छ । सरकारले २० लाख पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको भए पनि सन् २०१९ को अन्त्यबाट फैलिँदै गएको कोभिड–१९(कोरोना भाइरस)का कारण पर्यटक आगनमा बन्द भयो भने, सरकारले भ्रमण वर्षसमेत स्थगन गर्नु परेको थियो ।

अक्टोबर महिनामा ८८ हजार ५ सय ८२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन संख्या सन् २०२२ कै उच्च आगमनदर हो । सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२२ मा भने नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा ६ लाखको हाराहारीमा हुने अनुमान नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख दीपकराज जोशीको भनाइ छ । सेप्टेम्बरमा ५८ हजार ३ सय १४ पर्यटक आएका थिए ।

डिसेम्बरमा औसतमा ५० हजारकै दरमा आगमन भएमा सन् २०२२ मा ६ लाख हाराहारीमा पर्यटक आगमन हुने देखिएको बोर्डका पूर्वप्रमुख जोशीको विश्लेषण रहेको छ । उनले भने, “सन् २०१९ को तुलनामा नेपालको पर्यटन बजार सन् २०२२ मा ५० प्रतिशतले मात्र सुधार हुने देखिएको छ ।” विश्वमा अन्य पर्यटकीय मुलुकले ७० देखि ८० प्रतिशतसम्म पर्यटन पुनरुत्थान गरिरहेको अवस्थामा नेपाल पर्यटकीय देश भएर पनि ५० प्रतिशतले मात्र पर्यटन आगमनमा सुधार हुनु सकारात्मक नभएको पूर्वप्रमुख जोशीको भनाइ छ ।

वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले अहिलको सन् २०२२ मा पर्यटक आगमन दरमा ५० प्रतिशतले सुधार आउने बताए । उनले भने, “पछिल्लो विश्वव्यापी पर्यटक गतिविधिलाई हेर्दा हामी ५० प्रतिशत पर्यटक आगमनदरको पुनरुत्थान हुने अवस्थामा र्छौं, जुन सकारात्मक छ । यसरी हेर्दा सन् २०२२ मा ६ लाखको हाराहरीमा पर्यटक आगमनदर हुने देखिन्छ ।” बोर्डले पछिल्लो समय स्रोत बजारमा एग्रेसिभ मार्केटिङ गरिरहेकाले पनि पर्यटकको आगमनदर लयमा रहेको जनाएको छ ।

पछिल्लो ११ महिनासम्म आउँदा कोभिडपछिको पर्यटक आगमनदरमा ५० प्रतिशत सुधार हुने देखिएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “पर्यटन आगमन विस्तारै लयमा फिर्ता हुनेक्रममा रहेको छ । डिसेम्बरसम्म हेर्दा सन् २०२२ मा सन् २०१९ को तुलनामा ५० देखि ५५ प्रतिशत पर्यटकको आगमनमा सुधार हुन्छ ।” यसरी हेर्दा सन् २०२२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ६ लाख हुने निर्देशक लामिछानेको भनाइ छ ।

कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । कोभिड–१९ कारण विगत २ वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रमा आगमन वृद्धि केही महिना सुधारोन्मुख भए पनि सिजनमा भने अपेक्षकृत रूपमा पर्यटक आगमनदरमा सुधार नभए पनि वर्षको अन्त्यमा भने सुधारोन्मुख रहेको देखिन्छ । नेपाल भ्रमणका लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । हवाई मार्गबाट मात्र आएको पर्यटकको संख्या भएकाले गर्दा भारतीय पर्यटकको आगमनदर संख्यामा कम देखिएको बोर्डले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटकीय गतिविधि ठप्प हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । कोभिड–१९ को रोकथाम अनिश्चित रहेकाले यसबीचमा पर्यटन गतिविधि, लामो दूरी र छोटो दूरीमा रहेका पर्यटकीय बजारमा नेपालले प्रचार केन्द्रित गर्नैपर्ने धारणा जोशीको छ । देशले आर्थिक उन्नतिको फ्ड्को मार्ने तर्फ पाइला लक्षित हुनुपर्ने थियो । देशको प्रमुख आयको स्रोतमा रहेको पर्यटन व्यवसायले उल्लेख्य गोरेटोहरू कोर्नुपर्ने थियो तर समय अनुकूल सो हुन नसकेको धारण सरोकारवाला निकायको छ ।

नेपालमा पर्यटकको अपेक्षा अनुसार नबढेको भए पनि होटलको संख्या भने तीव्र रूपमा वृदि भइरहेको छ । निर्माणाधीन तारेहोटलमा संख्यामा वृद्धि हुने क्रम जारी छ भने नेपाल पर्यटकीय सम्भावना भएकाले यस क्षेत्रमा तत्काल केही नभए पनि भविष्य देखेर लागनी विस्तार भइरहेको जानकारहरूको भनाइ छ । गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ भने निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने क्रममा रहेको छ ।

कोभिड–१९ को बीचमा पनि निर्माण कार्यले गति भने लिएको सरोकारवाल मन्त्रालयले बताउँदै आएको छ । सो विमानस्थल सम्पन्न भएर सञ्चालनमा ल्याउनका लागि बौद्ध धर्मावलम्बी भएको मुलुकहरूका विमान कम्पनीलाई आकर्षक प्याकेज दिएर उडानमा सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ । लुम्बिनी पर्यटकीय क्षेत्र, बुद्ध सर्किट गौतम बुद्धको जन्मस्थान भएकाले यहाँ पर्यटकीय सम्भावान प्रचुर रहेको छ । संकटबाट यथाशीघ्र उम्कने मूल मन्त्र भनेकै एकता, समन्वय र सहकार्य नै हो ।

जति धेरैलाई एउटा मिसनमा सक्रिय बनाउन सकियो त्यति नै छिटो पर्यटनमा पुनरुत्थान गर्न सकिने धारण बोर्डका पूर्वजोशीको भनाइ छ । यता अघिल्लो सरकारले ल्याएको बजेटमा उल्लेख भएको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याउन सकेन । बोर्डले नजिकका छिमेकी मुलुकहरूमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न देशमा पर्यटन सेल्स मिसन कार्यक्रम गरिरहेको छ ।

नेपालका विभिन्न टुर अपरेटरहरू सहितको टोली नै सहभागी भएर भारत, बंगलादेश तथा युरोपमा पर्यटन व्यवसायीहरू र सञ्चारकर्मीहरूलाई पर्यटनसँग सम्बन्धित आकर्षक प्याकेजहरूका बारेमा जानकारी गराउनका साथै नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यहरूका बारेमा, जानकारी गराइएको बोर्डले जनाएको छ ।

सन् २०२२ मा आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ को १० महिना (जनवरी–अक्टोबर) सम्ममा नै ३७ लाख १५ हजार ८ सय ३२ वृद्धि भएको छ । सन् २०२१ मा आन्तरिक उडान यात्रु ३५ लाख यात्रु पुगेको थियो । यता अन्तर्राष्ट्रिय उडानतर्फ १० महिनामै २७ लाख ५२ हजार २७ जनाले अन्तर्राष्ट्रिय हवाई उडान भरेका छन् ।

अन्तर्राष्ट्रिय उडानमा भने कोभिड-१९ पछि उडान संख्यामा आएको कटौती विस्तरै लयमा फिर्ता हुने क्रममा रहेको छ । होटल संघ नेपाल (हान)ले करिब १५ खर्बको लगानी भएको होटल उद्योगमा करिब ५ लाखलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको होटलहरूमा थप लगानी विस्तार हुने क्रममा रहेको छ ।

कोभिड–१९ पछि अन्तर्राष्ट्रिय पर्यटकको वृद्धिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बोर्ड तथा सरोकारवाला निकायको समन्वयको अभावले गर्दा प्रचार–प्रसारमा गति नलिएको देखिन्छ । संकटबाट यथाशीघ्र माथि उठ्ने भने कै एकता, समन्वय र सहकार्य नै हो यसका लागि जति धेरैलाई एउटा मिसनमा सक्रिय बनाउन सकियो त्यति नै छिटो पर्यटनमा पुनरुत्थान गर्न सकिने पूर्वसीईओ जोशीको भनाइ छ ।

उनले भने, “पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई एउटा पर्यटन पुनरुत्थनाका लागि संयन्त्र बनाउने । यसले पर्यटन रिभाइभलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालयअन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकका रूपमा काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने, र सन् २०२५ सम्म रिभाइभल र दिगो विकासका लागि विशेषकार्यक्रमहरू बनाई कार्यान्वयन गर्ने । यसले छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्न सक्नेछ ।”

आर्थिक सर्भेक्षण २०७८/७९ अनुसार यसन् २०२१ मा ३४.३ प्रतिशतले घटेर १ लाख ५० हजार ९६२ मा झरेको छ । सन् २०२० मा ८१ प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मा झरेको थियो । सन् २०२१ मा भने सो संख्याबाट पनि ३४.३ प्रतिशत घटेको हो । सर्भेक्षणका अनुसार, यो संख्या सन् १९७७ पछिको सबैभन्दा न्यून हो ।

आर्थिक सर्भेक्षणका अनुसार, सन् २०२१ मा विदेशी मुद्रा आर्जनसमेत ४६ प्रतिशतले घटेर साढे १३ अर्बमा झरेको छ । प्रतिवेदनअनुसार प्रतिपर्यटकको औसत बसाइ १५.५ दिन र प्रतिदिन खर्च ४८ डलर छ, जुन सन् २०२० को तुलनामा २६.१ प्रतिशत कम हो । सन् २०२१ मा २० तारेस्तरका होटल बढेर १६२ पुगेको छ ।

सर्भेक्षणका अनुसार, अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या २२ पुगेको छ भने निर्माण सम्पन्न विमानस्थलको संख्या ३७ पुगेको र ३२ विमानस्थल नियमित रूपमा सञ्चालनमा भइरहेको जनाइएको छ । सन् २०२१ पर्वतारोहीको उत्साहजनक आगमनसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टीमा व्यापक वृद्धिसँगै भई ६३ करोड ५२ लाख ४९ हजार रूपैयाँ संकलन भएको छ । सर्वेक्षणअनुसार २०७८ फागुनसम्म १६२ पुगेको छ ।

तारेस्तर बाहेकको पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या ०७८ फागुनसम्म १ हजार १ सय ८३ पुगेको छ ।
यी तारेस्तरका होटलको शय्याको संख्या १ हजार ८ सय ७५ थप भई १५ हजार ७ सय ७५ पुगेको छ । त्यसैगरी, तारेहोटलबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको शय्या संख्या ६ सय ८७ थप भई ३२ हजार ६ सय ३७ पुगेको छ । कुल शय्या संख्या २०७७ फागुनको तुलनामा ५.८ प्रतिशतले वृद्धि भई २०७८ फागुनमा ४८ हजार ४ सय १२ पुगेको छ । देशभरमा २४ वटा क्यासिनो दर्ता भई सञ्चालनमा रहेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्म क्यासिनोबाट ९१ करोड ६० लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ । २०७८ फागुनसम्म ५८ ट्राभल एजेन्सीहरू थप भई ३ हजार ८ सय १ पुगेको छ । २०७७ फागुनसम्म यस्तो संख्या ३ हजार ७ सय ४३ रहेको थियो । २०७८ फागुनसम्म नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या २२ रहेको छ । त्यसैगरी, द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशहरूको संख्या ४१ पुगेको छ भने दुईतर्फ हवाई सिट संख्या करिब वार्षिक ८० लाख सिट रहेको छ ।

आन्तरिकतर्फ उडान भर्ने वायुसेवाको संख्या २० रहेको छ । निर्माण सम्पन्न भएका विमानस्थलको संख्या ५३ रहेको छ । सबै मौसममा सञ्चालन हुन सक्ने कालोपत्रे भएका विमानस्थलको संख्या ३७ पुगेको छ । यीमध्ये ३२ विमानस्थल नियमित सञ्चालनमा छन् । अन्तर प्रदेश उडान अन्तर्गत पोखरा–भरतपुर, पोखरा–धनगढी, पोखरा–नेपालगञ्ज, पोखरा भैरहवा, पोखरा–सिमरा हवाई उडान सञ्चालन भई ५ प्रदेशसँग हवाई उडान सम्पर्क विस्तार भएको छ ।

प्रतिक्रिया दिनुहोस्