रारा क्षेत्रको प्रवर्द्धन

दिनको तीनपटक रूप बदल्ने राराले तपाईंको प्रतीक्षामा प्राकृतिक छटाहरू टल्काइ रहेको छ । हिमालहरू चाँदीजस्तै टल्किने गरेका छन् । नीलो ताल हीरा झैं चम्किरहेको छ । विभिन्न वनस्पतिको बास्नाले मानिसको मन लोभ्याइ रहेका छन् ।
तपाईंलाई रारा घुम्ने इच्छा छ भने सुरु गर्नुहोस् रारा घुम्ने यात्रा । रारा घुमफिर गर्ने मौसम सुरु भएको छ । कर्णाली प्रदेशकै उत्कृष्ट रमणीय रारा तपाईलाई पर्खिराखेको छ । खुला मौसम आगमनसँगै रारामा घुमफिर गर्न अत्यन्तै रमाइलो र आनन्द हुने गरेको छ । रारा घुम्ने उत्कृष्ट मौसम सुरु भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । अब रारा घुम्न इच्छा भएका पर्यटकले यात्रा तय गर्नुपर्ने उनको भनाइ छ ।
नेपालका विभिन्न सहर काठमाडौं, पोखरा, बुटवल, भैरहवा, झापा, इलामलगायत ठूल–ठूला सहरका मानिसदेखि देशका मन्त्रीदेखि मन्त्रालयका उच्च पदका मानिसहरूदेखि आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउने प्राकृतिक सुन्दरताले गर्दा घुम्न आएका पर्यटकहरू रारामा मोहित हुने गरेका छन् । दिनको तीनपटक रूप बदल्ने राराले तपाईंको प्रतीक्षामा प्राकृतिक छटाहरू टल्काइ रहेको छ । हिमालहरू चाँदीजस्तै टल्किने गरेका छन् । नीलो ताल हीरा झैं चम्किरहेको छ ।
विभिन्न वनस्पतिको बास्नाले मानिसको मन लोभ्याइ रहेका छन् । तपाईं रारामा घुम्न आएको खण्डमा घोडा चढेर ताल वरपर रमाउन सक्नु हुनेछ । तपाईंको प्रतीक्षामा रारामा १ सय ५० वटाभन्दा बढी घोडा पर्खि बसेका छन् । रारामा घोडा मात्र नभएर रबरका आधा दर्जनभन्दा बढी डुंगा पनि तपाईंको प्रतीक्षामा छन् । रारा पुग्नेबित्तिकै डुंगा चढेर तालमा रमाउनु सक्नु हुनेछ । यतिमात्र कहाँ हो । विश्वमा नपाइने असला जातका माछा तालमा तैरिरहेका विभिन्न प्रजातिका पानी हाँस जलेवालगायत विभिन्न चराहरूसँग जिस्किन सक्नु हुनेछ ।
रारा घुम्न आउने पर्यटकलाई विशेषगरी स्थानीय उत्पादनमा आधारित खाना बनाएर खुवाउने गरेको छ । रातो जुम्लीमार्सी धानको भात, स्थानीय मास तथा सिमीको दाल, आलुको तरकारी, मह, कोदो गहुँको रोटी र फापरको विभिन्न परिकार बनाएर पर्यटकलाई खाना तथा नास्ताका रूपमा दिने गरिएको छ ।
रारा तालको छेउबाट डुंगा चढेर मुर्माटप मिलिचौर माझघट्टसम्म पुग्न तपाईंलाई झनै आनन्द आउने छ । नेपाल विभिन्न पर्यटकीय गन्तव्यभन्दा हिमालको हीरा भनेर चिनिने रारामा एकपटक पुग्नै पर्ने कर्णाली प्रदेशका आन्तरिक पर्यटन व्यवसाय राजु कार्कीको भनाइ छ । माघदेखि जेठसम्म र भदौदेखि मंसिरसम्म रारा घुम्न मौसम उत्कृष्ट हुने कार्की बताउँछन् । कार्कीले भने रारामा छायानाथ तीर्थस्थलको पनि दर्शन गर्न पाइने भएको रारा ठूलो धार्मिक पर्यटकीयस्थल पनि मान्य गरिएको हो ।
रारा पुग्ने मार्ग
नेपालकै उत्कृष्ट गन्तव्य रारा हेर्न आउने पर्यटकका लागि हवाई र कर्णाली राजमार्ग गरी दुईवटा मार्ग छन् । नेपालगन्जदेखि हवाईमार्ग रारा एयरपोर्टसम्म पुग्न ३५ मिनेट र एयरपोर्टबाट रारा तालको किनारसम्म पुग्न गाडीबाट आघा घण्टा र पैदल हिँडेर जाँदा एकघण्टा समय लाग्ने गरेको छ काठमाडौं-नेपालगन्जबाट गाडी, जिप मोटरसाइकलबाट पनि रारा पुग्न सकिन्छ ।
गाडी मोटर साइकलबाट नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोट, नेपाली भाषाको उदगम थलो सिंजा जुम्ला, नाग्मा सिंजा हँुदै रारा पुग्न करिब दुई दिन लाग्ने गरेको छ । पहिलेजस्तो रारा घुम्न आउन पर्यटकलाई कठिन नभएको हवाई जहाज र सडक मार्गबाट सजिलै तरिकाले रारा पुगिने सकिने मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढाले बताए ।
बीच बाटोमा होटलको राम्रो व्यवस्था भएको कर्णाली राजमार्गमा भएर आउने पर्यटकका लागि खान, बास बस्न समस्या खेप्नुपर्ने अवस्था छैन । सुदूरपश्चिम कैलाली अछाम बाजुरा जिल्लाको कोल्टी हँुदै मुगुको सुकाढिक, रातापानी, माथिचौर, सेरीबाट रारा पुग्ने मार्ग पनि छ । नेपालगन्जदेखि मुगुको रारा विमानस्थलसम्म नियमित सीता, तारा, गोमा, एयरलाइन्स नियमित उडान भर्ने गरेका छन् ।
रारामा पाइने खाना
रारा घुम्न आउने पर्यटकलाई विशेषगरी स्थानीय उत्पादनमा आधारित खाना बनाएर खुवाउने गरेको छ । रातो जुम्लीमार्सी धानको भात, स्थानीय मास तथा सिमीको दाल, आलुको तरकारी, मह, कोदो गहुँको रोटी र फापरको विभिन्न परिकार बनाएर पर्यटकलाई खाना तथा नास्ताका रूपमा दिने गरिएको छ । स्थानीय उत्पादनको स्वाद चाख्न पाउँदा पर्यटकरु खुसी हुने गरेका छन् ।
स्थानीय चिनो कागुनोको भात खिरको स्वाद चाख्न पनि सकिन्छ । पर्यटकलाई स्थानीय उत्पादन हुने अन्नबालीको खाना नास्ता खुबाउने गरेको होटल व्यवसायीहरूको भनाइ छ । रारा तालनजिकै माझघट्टमा, झ्यारी, सल्यारी, टोप्ला, पिना, लामाचौर र ताल्चामा रहेका होटल, होमस्टे, कटेजहरूमा पर्यटकलाई लोकल स्थानीय लोपमूलक रैथाने बालीहरूको खाना उपलब्ध गराउने गरिएको पाइएको छ ।
राराको कोसेली
रारा घुम्न आउने पर्यटकको निम्ति यहाँको सिमी, स्याउ, मह, कोसेलीको रूपमा चिनिने गरेको छ । रारा भ्रमणमा आएका पर्यटकहरूले सिमी, स्याउ र मह कोसेलीका रूपमा किनेर लैजाने गरेका छन् । मुर्मा, झ्यारी, पिना, कोटिला, सिगाडीलगायत गाउँबस्तीका स्थानीयले सिमी, स्याउ, मह, बिक्री गर्न रारामा ल्याउने र पर्यटकले किन्ने गरेका छन् ।
स्याउ प्रायः भदौदेखि मंसिरसम्म पर्याप्त रूपमा पाइने गरेको छ । सिमी र मह भने बाह्रै महिना किन्न सकिन्छ । स्याउ प्रतिकिलो ३५ रुपैयाँ मूल्य पर्ने गरेको छ । सिमी प्रतिकिलो १ सय र मह प्रतिमाना ६ सय रुपैयाँ मूल्य पर्ने गरेको छ । अर्कोतिर टोप्ला गाउँका स्थानीयले लालीगुराँस जुस बनाएर पर्यटकलाई कोसेलीका रूपमा बेच्ने गरेका छन् । मुगुमा उत्पादित उनीबाट बनेको राडीपाखी, लिउ, उनी टोपी, गल्बन्दी, खराएको टोपी सुइटर पनि राराको कोसेली रहेको रारा जुस उद्योयका प्रोपराइटर हरि बिष्टले बताएका छन् ।
राराको आकर्षण
मुगु जिल्लाको राराताल समुद्री सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको छ । यसको गहिराइ १ सय ६७ मिटर छ । रारा १०.८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ वि.सं २०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुन्ज क्षेत्रमा तीन प्रकारका हिमाली असला माछा २ सय २४ प्रकारका वनस्पति र २ सय ७२ प्रकारका चराहरू पाइने गरेको रारा राष्ट्रिय निकुन्जको कार्यालयले जनाएको छ ।
रारामा त्यसै प्रकृतिको आक्रर्षण रहेको छ भने अर्कोतिर जडिबुटी वन्यजन्तु चरा विश्वमा लोप भएको असला जातका माछाले गर्दा राराको गौरव बढाएको रारा राष्ट्रिय निकुन्जका कार्यालय प्रमुख विश्वबाबु श्रेष्ठले बताए । उक्त निकुन्ज क्षेत्रभित्र ५१ प्रजातिका स्तनधारी जनावरसहित रेडपाण्डा, मुनाल, डाँफे, काइली, च्याखुरा, वन कुखुरा, पाइने भएको छ ।
वन्यजन्तुहरू घोरल, निगाली बाघ, भालु, बँदेललगायतका दर्जनौं जनावरहरू समेत पाइने गरेका छन् । गुच्ची च्याउ पाँचऔंले कटुकी, सुगन्धवाल, जटामसी, पाँचऔंले, सतकेचिनी, चिराइतोलगायत बिभिन्न प्रकारको जडिबुटीसहित कोणधारी जंगल र चैत, वैशाखमा लालीगुराँस काफल पनि पाक्ने गरेको कार्यालय प्रमुख बाबु श्रेष्ठले बताएका छन् ।
राराका सम्भावना
रारामा खेलकुद धार्मिक तीर्थस्थलको प्रचुर सम्भावना भए पनि संचालन हुन सकेको छैन । राराको मिलीचौरमा भलिबल फुटबल क्रिकेट खेल संचालन गर्न सकिने मैदान छ । राराताल वरिपरि म्याथुन, जुम्ला नाग्मा बजारदेखि रारासम्म म्याराथन र जुम्ला खलंगा बजारदेखि रारासम्म म्याराथन दौड, घोडा दौड र मुर्माटप चुचुमारेदेखि मिलीचौरसम्म प्यारागल्याइडिङ गर्न सके राराको गौरव बढने खेलाडीहरूको भनाइ छ ।
रारामा विभिन्न खेलकुद गर्न सकिने सम्भावना छ यसमा राज्यको नजर नपुग्दा ओझेलमा परेको जिल्ला भलिबल पूर्वप्रशिक्षक पदमराज मल्लले बताएका छन् । रारामा हरेक महिना एक/एक खेलकुद गर्न सके पर्यटक आफैं ओइरो लाग्ने मल्लको भनाइ छ । रारामा साइकल दौडको प्रचुर सम्भावना रहेको खेलाडीको भनाइ छ । विगत तीन वर्षदेखि प्रदेश सरकारको आर्थिक सहयोगमा रारामा साइकल रोड निर्माण कार्य अघि बढाइएको भए पनि निर्माणको जिम्मा लिएका कम्पनीले समयमा निर्माण नगर्दा अलपत्र परेको छ ।
रारामा देउताको बास
रारामा सीमित प्रकृति सुन्दरता मात्र छैन कि, देवी देउता पनि उत्तिकै छन् । देवी दउताले गर्दा रारा घुम्न आउने पर्यटकलाई शुभ हुने गरेको भनाइ छ । रारा ताल वरपर करिब सात वटाभन्दा बढी धार्मिक मठमन्दिर छन् । उक्त मठमन्दिरको पहिचान हुन नसक्दा ओझेलमा छन् ।
ठाकुरज्यूको मन्दिर, छाप्रु महादेव, रारा महादेव, दोफ्या महादेव, ठाकुरनाथ महादेव, लादुक महादेव रारा मस्टो, छाप्रु मस्टो, रारा कुलदेवता गरी रारामा सातवटा धार्मिक मठमन्दिर छन् तिनीहरूको बिकास गर्न सके रारामा धार्मिक तीर्थस्थलको सम्भावना पनि उत्तिकै छ । पर्यटकीयस्थल रारामा प्रसस्त देवी देउताको बासस्थान भएको र रारा घुम्न आउने पर्यटकको निम्ति शुभ हुने मस्टो कुल देवताका जिल्ला संयोजक बिर्ख रोकायाको भनाइ छ ।
पूर्वाधारको समस्या
जिल्लाको उत्कृष्ट पर्यटकीयस्थल रारामा पर्यटन घुम्न आउने पर्यटकलाई विभिन्न स्थानमा भ्यूटावर निर्माणका पूर्वाधार बनाएका छन् भने मानिसलाई थकाई मेटाउनको लागि चौतारा, बिश्रामस्थल बनाएका छन् ।
रारा भ्रमणमा आएका पर्यटकहरू बस्ने खालाको होटल रारा तालको किनारमै डाँफे गेस्ट हाउस, माझछट्टमा आधादजर्न होटल र मुमा गाउँमा होमस्टे रहेका छन् । सल्यारी लामौरमा होटलको व्यवस्था छन् । तर, आन्तरिक तथा बाह्य पर्यटकहरूले धेरै विकसित सहरमा रहेका होटलहरू जस्तो भनेको सेवा व्यवस्था कमै पाउर्ने छन् ।
कहाँ-कहाँबाट देखिन्छ राराको पूरै दृश्य
नेपालको सुन्दर रारातालमा सडक वा हवाई मार्गबाट रारा पुग्नेबितिकै सबैबीच बाटोमा भएको सबै दुःखहरू रारा पुग्ने पाउनाहरूले हराउने गरेका छन् । तर, यति मात्रकहाँ हो र मुर्मा टप, चुचेमार, सिली काद, महादेव मन्दिर काद, दुनेला कादबाट रारा तालको पूरै दृश्य अवलोकन गर्दा छुट्टै आनन्द आउने छ ।