अब उड्ने कार पनि स्वचालित

पेरिस- युरोपेली विमान निर्माता कम्पनी एयरबसले स्वचालित उड्ने कारको पहिलो उडान सफल भएको जनाएको छ ।
भहना परियोजना लन्च भएको २ वर्षपछि पूर्ण आकारको ठाडो अवस्थामा रहेर अवतरण गर्न सक्ने विद्युतीय कार (भीटीओएल) सुरक्षित रुपमा अवतरण गर्नु पूर्व १६ फिटको उचाइमा उडान भरेको बताइएको छ ।
यो कारको पहिलो उडान बुधबार र दोस्रो उडान विहीबार भएको थियो ।“२ वर्ष भन्दा कमको अवधिमा भहनाले नेप्किनमा यसको अवधारणात्मक स्केच तयार पारेको र पूर्ण आकारको कार निर्माण गरिएको थियो । स्वचालित विमानले सफलता पूर्वक पहिलो उडान पुरा गरेको छ,” भह नाका परियोजना कार्यकारी जाच लोभरिङले बताए ।भीटीओए सिलिकन भ्यालीमा एयरबसको परिसर बाहिर विकास गरिएको हो । यो स्वचालित उड्ने कार प्रयोगको खर्च कार तथा रेल प्रयोग गरिए समाननै रहेको छ ।
भहनाको टोलीले सुरुमा यसको गती भूमि सवारीको तुलनामा ४ गुणा बढी भएको जनाएको छ । यसको उडान दुरी ५० माइल रहेका छ ।
भीओटीएलले भविष्यमा डेलिभरी, एम्बुलेन्स, खोजी , उद्धार र ट्याक्सीको रुपमा काम गर्न सक्ने एयरबसले जनाएको छ । भहनाको टोलीले विकास गरेको ड्रोन जस्तो विमानले ‘सेन्स एन्ड एभोइड’ प्रविधिको विकासले लक्षित सुरक्षाको तह कायम गर्न सक्ने जनाइएको छ ।एयरबसले यो उड्ने कारको परिक्षणलाई ठूलो सफलता भएको जनाएको छ ।