Logo

पर्यटनमा अब्बल लुम्बिनी प्रदेश

कसिस्ने हिमालदेखि मर्चवारसम्म गौमुखीदेखि ठाकुरद्वारासम्म विविधतायुक्त यस प्रदेश सांस्कृतिक, जैविक वातावरणीय लौकिक ऐतिहासिक पुरातात्विक हरेक तहको पर्यटनका दृष्टिले महत्वपूर्ण रहेको हुँदा त्यहीअनुसारले अघि बढनु पर्दछ ।

नेपालका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशको आफ्नै पहिचान छ । विश्वमाझ नेपाललाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी र विश्व चर्चित बर्दिया टाइगर लुम्बिनी प्रदेशमा पर्दछन् । लुम्बिनी प्रदेश नेपालको पर्यटन क्षेत्रका लागि अब्बल एक ताराभन्दा फरक नपर्ला । विश्व शान्तिका प्रतिक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, बुद्ध जीवनीसँग सम्बन्धित धरोहर, बुद्धको मावली घर, अहिलेसम्म उत्खनन नभएको बुद्धको अस्तिधातु रहेको रामग्राम क्षेत्र, बर्दिया निकुन्ज, सिस्ने हिमाल, रुरुक्षेत्र(रिडी), बाँके निकुन्ज, स्वर्गद्वारी, रानीमहल, गण्डकी क्षेत्रलगायतका दर्जनौस्थल लुम्बिनी प्रदेशका पर्यटन क्षेत्रका सम्पत्ति हुन् ।

तर पनि धेरै क्षेत्र ओझेलमा छन् । यसैगरी बर्दिया जिल्लाको कृष्णसार संरक्षित क्षेत्र, कोठियाघाट (गेरुवा पुल नेपालको सबैभन्दा लामो पुल, डल्ला गाउँ होमस्टे, बबई नदीको पुल गोही अवलोकन क्षेत्र कर्णाली पुल, ठाकुरबाबा मन्दिर, माता बगेछोरी मन्दिर, भुवरभवानीदेवीको मन्दिर, गावर भ्याली होमस्टे दाङ जिल्लाको बारकुने दह, जखेरा ताल, चौघेरा रतनना मन्दिर, पुरन्धारा झरना, धारपानी मन्दिर(पाण्डवेश्वर मन्दिर), बगरबाबा मन्दिर, रिहार, चखौरा थारु म्युजियम छन् ।

त्यसैगरी रुकुम पूर्व जिल्लाको सिस्ने हिमाल, कमल दह, तकसेरा बस्ति, सिस्ने हिमालको फेदीमा पर्ने गुप्त दह, सम्पेदह, पुषालदह, सुनदह, ढोरपाटन वन्यजन्तु आरक्षण, ठुलीभेरी नदीको विभिन्न बिन्दुमा रेफ्टिङ, सिमेन्री झरनारोल्पा जिल्लाको बजुबराह जलजला जजता हिमाल (वराह क्षेत्र), सुनछहरी झरना, सहिदमार्ग पदयात्रा, बाग जनयुद्धको ऐतिहासिक गाउँ स्वोरी प्रभुको जन्मस्थल टि (ख) गुफा, जुँगार र जिनासँग, प्युठान जिल्लाको स्वर्गद्वारी, गौमुखी मन्दिर मुल झरना, खानेक पुजाको मान इस्नायान, बोसरकोटमा होमस्टे, सरुमारानी लेकमा, ऐरावती विदरबारात नौमुरे जलविद्युत परियोजना, सुंगको लेक, दिल्हाना दहको बगर छन् ।

त्यस्तै अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर नरपानी पाणिनी तपोभूमि फोना, निगे देउराली सिद्धेश्वर गुफा धातिवाङ, ७ तले गुफामा दुर्गाफाँटमा, मालारानीको मन्दिर, शिवगढीमाई रुपन्देही जिल्लाको लुम्बिनी क्षेत्र, गजेडी ताल गैडहवा ताल, नन्द भाउजु ताल, मणिमुकुन्दसेन दरबार, फूलबारी उद्यान, देवदह, जितगढी किल्ला, मर्चावारी मन्दिर बोगडी, बन बाटिका, बोलबम धाम सैनामैना, मानवपुर्खाको इतिहास भेटिएको वुटवलको रामापिथेकस, ओमसतिया माई बसडिलवा शिवालय रहेका छन् ।

गुल्मी जिल्लाको रिडी, नेपालका चरामध्येको एक विशेष धाम, रेसुङ्गा ऋषिको तपोभूमि अर्जुन, रुद्रवेणी पूर्तिघाट धुर्कोट विचित्र गुफा दरबार देविस्थान, कालिगण्डकी, मुसिकोट छन् भने पाल्पा जिल्लाको कालिगण्डकीमा रेफ्टिंग, सत्यवती ताल, प्रभास ताल (कमल पोखरी) सीता कुण्ड दर्छा, तानसेन दरबार प्याराग्लाईडिंग, रानीघाट दरबार, अर्गली दरबार, भैरवस्थानको ऐतिहासिक मन्दिर, श्रीनगर डाडा, ऋषिकेश मन्दिर, सिद्धबाबा धाम, मगर राज्यको ऐतिहासिक उदगम थलो बल्ढेंगगढी, सुकेताल छन् ।

पर्यटन व्यवसाय तबसम्म अघि बढन सक्दैन जबसम्म आन्तरिक या बाह्य पर्यटकको चहलपहल हुँदैन वा आवागमन हुँदैन । त्यसैले पर्यटन क्षेत्र चलायमान बनाउने आर्थिक क्षेत्र चलायमान बनाउने नीति आउनु पर्छ । निजी क्षेत्रले पनि पर्यटन व्यवसायलाई अघि बढाउन सहकार्य गर्नुपर्छ । हाम्रो लुम्बिनी प्रदेश प्रकृतिको अनुपम उपहार हो ।

कपिलवस्तु जिल्लाको जगदीशपुर ताल, जगदिशपुर थारु होमस्टे, तिलौराकोट, क्रकुछन्द बुद्धको जन्मभूमि गोटिहवा, कनकमुनि बुद्धको जन्मभूमि निगलिहवा, कपिलमुनि ऋषिको महत्व र तपस्यास्थल, शिवगढी किल्ला, स्युराज किल्ला रहेको छ । नवलपरासी जिल्लाको विश्व प्रसिद्ध रामग्राम स्तुप, इष्टदेवी पाल्ही भगवतीको प्रसिद्ध मन्दिर, नन्दन ताल, बुद्धमंगल ताल, धर्मपोखरी ताल, गैडाताल पण्डितपुर, देवदह ताल तरगौली, महलपोखरी, लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हिल स्टेशन भिलेज टुर साईकल यात्रा प्याराग्लाइडिंग रोल्पाको युद्ध संग्रहालयजस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि रहेको लुम्बिनी पर्यटन परिषद्का अध्यक्ष राम जोशी बताउँछन् ।

अबको बाटो भनेको कोरोनाले सतहमा आएको पर्यटन व्यवसायलाई अघि बढाउने हो । पर्यटन व्यवसाय तबसम्म अघि बढन सक्दैन जबसम्म आन्तरिक या बाह्य पर्यटकको चहलपहल हुँदैन वा आवागमन हुँदैन । त्यसैले पर्यटन क्षेत्र चलायमान बनाउने आर्थिक क्षेत्र चलायमान बनाउने नीति आउनु पर्छ । निजी क्षेत्रले पनि पर्यटन व्यवसायलाई अघि बढाउन सहकार्य गर्नुपर्छ । हाम्रो लुम्बिनी प्रदेश प्रकृतिको अनुपम उपहार हो । हिमाल पहाड तराई सबै यसै प्रदेशमा पर्दछन् । प्रकृति, सांस्कृति, जल, जमिन, वन्यजन्तु सबै कुराले यो प्रदेश अब्बल छ, र नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्य पनि हो लुम्बिनी प्रदेश जोशी भन्छन् ।

कसिस्ने हिमालदेखि मर्चवारसम्म गौमुखीदेखि ठाकुरद्वारासम्म विविधतायुक्त यस प्रदेश सांस्कृतिक, जैविक वातावरणीय लौकिक ऐतिहासिक पुरातात्विक हरेक तहको पर्यटनका दृष्टिले महत्वपूर्ण रहेको हुँदा त्यहीअनुसारले अघि बढनु पर्दछ । यसको व्यापक प्रवद्र्धन गर्दै बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकलाई पर्यटक गन्तव्यमा पुर्‍याउने सके पर्यटनबाट यो प्रदेशले राम्रो फडको मार्न सक्छ । कोरोना संक्रमणको बिश्वब्यापी प्रभावले नेपालको पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन् ।

२०७६ चैतदेखि अढाई वर्षभन्दा बढी समयसम्म नेपालका पर्यटकीय गन्तव्य सुनसान रहन पुगे । आन्तरिक बाह्य पर्यटकले चहलपहल हुने काठमाडौं, पोखरा, लुम्बिनी, सौराहालगायतका धेरै पर्यटकीय गन्तब्य सुनसान भए । कोरोना संक्रमणको असर नेपालका अन्यत्र झै लुम्बिनी प्रदेशमा पनि देखियो । अब अहिले समय फेरिएको छ । कोरोना संक्रमणको जोखिम धेरै न्यून भएको छ । खासै छैनभन्दा पनि हुन्छ । तर पर्यटनमात्र होइन हरेक बजार अर्थक्षेत्र चलायमान हुन सकेको छैन । विश्व पर्यटन राम्ररी फस्टाउन सकेको छैन ।

अझै पनि चीनलगायत कति देशले आफ्ना नागरिकलाई बाह्य देश भ्रमण गर्न निषेध नै गरेका छन् । त्यसको असरले गर्दा पनि पर्यटक घुम्न खासै आएका छैनन् । आन्तरिक पर्यटक पनि विस्तारै भ्रमणका लागि निस्कने क्रम बढेको छ । पर्यटन क्षेत्रमा चहलपहल बढन थालेको भान भए पनि पर्यटन क्षेत्रलाई चलायमान बनाउने पर्यटक हरु चाहे त्यो बाह्य मुलुकका हुन वा स्वदेशका पर्यटकिय स्थलमा राम्ररी आउन सकेको छैन् ।

मुख्य कुरा आमसर्वसाधारणको क्रय शक्तिमा कोरोनाका कारणले ह्रास आएको छ । साँझ बिहान खर्च कसरी जुटाउने र सामान्य जीवन कसरी धान्ने भन्ने समय अहिले देखिएको अवस्थामा पर्यटन क्षेत्रलाई पुरानै रूपमा लैजान र चलायमान बनाउन अबको बाटो भनेको सरकारको उत्कृष्ट पर्यटन नीति आउनु पर्ने सिद्धार्थ होटल संघ नेपाल (सान)का अध्यक्ष एवं हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् ।

अबको बाटो भनेको कोरोना पछि ब्यूँतिएको पर्यटन क्षेत्रलाई अघि बढाउने हो, यो पर्यटन व्यवसायीले मात्र गरेर हुदैन सरकारको साथ अनिवार्य चाहिन्छ, श्रेष्ठ भन्छन्, “अहिले पर्यटन क्षेत्रमा समस्या छ, कोरोनापछि धेरै आक्रान्त भएका छौ, बैंकको किस्ताको कुरा होइन ब्याज तिर्न सकेका छैनौ, बैंकहरुले धमाधम लिलामि निकाली रहेको छ । त्यसैले सरकारले अब यो सबै विषयमा सम्बोधन गर्नुपर्छ, पर्यटन व्यवसायीनै रहेनन भने पर्यटन क्षेत्र कसरी चलायमान हुन्छ, पर्यटन क्षेत्र सुनसान रहदा आर्थिक क्षेत्र कसरी चलायमान हुन्छ, अबको बाटो भनेको पनि त्यही हो पर्यटन क्षेत्र, आर्थिक क्षेत्रलाई चलायमान बनाउन अब सरकारले कस्तो नीति ल्याउने नीजि क्षेत्रले कसरी अघि बढने भन्ने विषय प्रमुख हो ।

अब पर्यटन क्षेत्रको पुनरुत्थानका लागि एकजुट हुनुपर्ने समय आएको छ । पर्यटनलाई पुरानै रूपमा फर्काउन सबैको सहकार्य जरुरी रहेको सिद्धार्थ नगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान बताउँछन् । हामी स्थानीय तहले भएका पर्यटकीय क्षेत्र, गन्तब्य, मठमन्दिरको संरक्षण, प्रवर्द्धन गर्ने हो, पर्यटकीय गन्तब्य नभए पनि संघसंग सहकार्य गरी कृतिम पर्यटकिय गन्तब्य पूर्वाधार बनाउन सकिन्छ । अब कसरी हुन्छ पर्यटकलाई आकर्षित गराउने खालका कार्यक्रम ल्याउन सकिन्छ त्यसतर्फ सोच्नु पर्छ । हामी सिद्धार्थनगरले त स्थलमार्ग हुँदै आउने प्रत्येक पर्यटकलाई सीमा नाकामै गुलाफको फुलले स्वागत गर्ने योजना बनाएका छौं, डन्डा नदी करिडोरको योजना पनि छ । सबै मिलेर पर्यटकीय गतिविधिलाई अघि बढाउनु पर्छ,” मेयर खानले भने ।

अब मास टुरिष्ट भन्दा पनि गुणस्तरीय टुरिष्ट आवागमन गराउँदै उनीहरूको बसाइ अवधि बढाउने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिन्छन लुम्बिनी बिकाश कोषका सूचना अधिकारी डा. हरि राई । लुम्बिनीमा पनि बिगतमा आध्यात्मिक कार्यक्रम गतिविधि हँुदै आएका थिए तर कोरोनापछि शून्य भएकोमा अब फेरि विस्तारै सुरु हुँदैछ, डा. राई भन्छन्, “विस्तारै लय फर्कंदैछ लुम्बिनीको ।”

पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेशले पर्यटन विकासलाई प्राथमिकतामा राखी गत वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । १२ जिल्लामा संस्कृतिक ग्राम कार्यक्रमअन्तर्गत मगर÷गुरुङ, थारु, खस आर्य, मुस्लिम, यादवको संस्कृति संरक्षण र प्रवर्धनका निम्ति विस्तृत अध्ययन भएको छ र यो वर्षदेखि निर्माणका कार्य सुरु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी परम्परागतरूपमा थारू, गुरुङ तथा मगर समुदायले उत्पादन गरिराखेका स्थानिय मंदिरा–रक्सीलाई सामुदायिक रूपमा परीक्षण उत्पादन गर्ने र व्यावसायिक उत्पादनको सम्भावना पहिचान गर्नका लागि दाङ, बाँके, रुकुम र पाल्पा जिल्लामा कार्य थालनी भएको, लुम्बिनीको माटो र पनि प्रयोग गरी विभिन्न हस्तकलाका सामग्री उत्पादन तालिम संचालन भएको र यस्ले लुम्बिनी प्रदेशमा विभिन्न हस्तकलाका सामान पनि बन्ने र रोजगारीको श्रृजना पनि हुने देखिएको छ ।

लुम्बिनी प्रदेशको गौरव लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थल

बुद्ध जन्मस्थल लुम्बिनी प्रदेश र देशले मात्र नभई शान्ति प्रति विश्वास राख्ने सबैका लागि गौरवको थलो हो । भगवान गौतम बुद्धले पनि एकपटक जानै पर्ने बुद्धस्थलका रुपमा यो स्थानमा पुग्नै पर्ने भन्नु भएकाले पनि बुद्धधर्मावलम्बीहरू एकपटक लुम्बिनी आउन चाहन्छन । त्यसैले लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सके समृद्धिको बाटो कोरिन सक्छ ।

त्यसैगरी भैरहवामा हालै मात्र सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रदेशका लागि गौरवको विषय हो । अहिले दैनिक रूपमा हिमालयन एअरलाईन्सले मलेशिया र हप्ताको तिन दिन जजिरा एअरवेजले कुबेत उडान गरिरहेका छन् । विमानस्थलबाट कम्तीमा बौद्ध मुलुकहरुमा उडान सुचारु गर्न सके भारतको कुनै एक गन्तब्यमा उडान गराउन सके बिमानस्थलले फडको मार्ने थियो । बिमानस्थललाई चलायमान बनाउन दिनहु उडान अवतरण हुनुपर्छ र यसका लागि लबिङ गरिरहनु पर्छ ।

पर्यटनमा सम्भावना देखेर अर्बौंको लगानीमा होटलहरू खुलेका छन् भने केही निर्माणका क्रममा छन् लुम्बिनी प्रदेशमा । विशेषगरी भैरहवा, बुटवल, लुम्बिनी नेपालगन्ज, दाङ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम बढेको छ । अर्बौंको लगानी सुरक्षित गर्न पनि अब सरकारले पर्यटन क्षेत्रमा ठोस नीति ल्याउन जरुरी रहेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म न्यौपाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्