Logo

नेपाल एसबिआई बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर

नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले ब्रुमर प्रदान गरेकी हुन् ।

कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, निर्देशक पिनाकीनाथ बेनर्जी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एसबिआई भारतका उपमहाप्रबन्धक प्रिय रञ्जन, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, नयाँ व्यवसाय सल्लाहाकार छपिराज पन्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंक तथा कोषका विशिष्ट पदाधिकारीको उपस्थितिमा कोषलाई उक्त ब्रुमर हस्तान्तरण गरिएको थियो ।

यसका साथै पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डाँडामा अध्यक्ष बन्सलले वृक्षरोपण पनि गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्