सामान्य घट्यो आज शेयर बजार

शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अंकले घटेर १ हजार ८ सय ९७ दशमल ०८ विन्दुमा झरेको छ ।
आज २ सय ४६ वटा कम्पनीको २० लाख ८७ हजार कित्ता शेयर ७२ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको छ । फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्माण तथा प्रशोधनबाहेक सबै समूहको शेयर घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्त र इस्टर्न हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।