हिमालयन बैंकद्वारा साक्षरता कार्यक्रम सञ्चालन

हिमालयन बैंक लिमिटेडले मादी नगरपालिका र पाख्रीबास नगरपालिकामा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा मंसिर २३ र पाख्रिवास नगरपालिकामा मंसिर २४ गते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय मादी शाखा र हिले शाखाले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा ७० जनाको सहभागीता रहेको बैंकले जनाएको छ ।
सहभागीहरुलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाका लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट निति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत जानकारी गराइएको बैंकले जनाएको छ ।