सेन्ट्रल फाईनान्सको विरगञ्ज शाखा सञ्चालन

सेन्ट्रल फाईनान्स लिमिटेडले पर्साको विरगञ्ज, वडा नं. ८, लिंक रोडमा आज (बुधबार) बाट विरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १७औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको छ ।
संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आइपीएस, कर्पोरेट पे, आरटिजियस, मरचेन्ट क्युआर पेमेन्ट, क्युआर टेलर, रेमिट्यान्स सेवा, सी-आस्वा जस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ ।
ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको व्यवस्था पनि मिलाएको संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालन गरिरहेको छ । चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाको हाल निक्षेप ६ अर्ब ११ करोड रुपैयाँ र कर्जा ५ अर्ब २० करोड रुपैयाँ रहेको छ ।