सनिगाड हाइड्रोको बिक्री प्रवन्धकमा सन्राइज क्यापिटल

सनिगाड हाइड्रोको सर्वसाधारणका लागि निष्काशन गरिने एक सय रुपैयाँ अकिंत दरको साधारण सेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न सन्राइज क्यािपटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण सेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । जारी पुँजी २ अर्ब २५ करोड रहेको सनिगाड हाइड्रोको विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । आयोजना निर्माण कार्य सम्पन्न भई केही साताभित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।