Logo

नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल

नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त भएकी छिन् । एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत जयतीलाई बैंक सञ्चालक समितिले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

उनले एसबिआईको विदेशी रणनीति, व्यवसाय प्रवद्र्धन, सञ्चालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरुको सञ्चालनलगायतका मामिलाको जिम्मेवारी सम्हालेकी थिइन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त अध्यक्ष जयतीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा.गुणाकार भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल एसबिआई बैंकका सञ्चालकहरु पिनाकीनाथ बनर्जी, अप्सरा उप्रेती, डा. गोपालप्रसाद भट्ट एवं बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, नायब सीईओ तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम, एसबिआई भारतका उपमहाप्रबन्धक प्रिय रञ्जन, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवद्धन अधिकृत रितेश अर्याल तथा बैंकका कम्पनी सचिव श्रीधर अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्