Logo

विजय र नयाँ सारथी लघुवित्तबीच मर्जरको सहमति

विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले मर्जरको सम्झौता गरेका छन् । यी कम्पनीबीच १ः१ स्वाप रेसियोमा सोमवार मर्जरको सहमति भएको हो । मर्जर सम्झौता भएसँगै मंगलबार यी दुई कम्पनीले नेप्सेलाई पत्र लेख्दै आगामी साधारणसभा नभएसम्मका लागि सेयर कारोबार रोक्का गर्न अनुरोध गरेको छ ।

तर, पछिल्लो समय मर्जर तथा प्राप्ति प्रयोजनका लागि एकीकृत कारोबार गरेपछि बढीमा १५ दिनमात्र सेयर कारोबार रोक्का राख्ने व्यवस्था रहेकाले कम्पनीको सेयर कारोबार रोक्का हुने छैन । मर्जरपछि संस्थाको नाम विजय लघुवित्त वित्तीय संस्था रहने छ भने कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्