Logo

बुढानिलकण्ठमा नेपाल एसबिआई बैंकको नयाँ शाखा सञ्चालन

नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा बुढानिलकण्ठमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उदघाटन बैंककी अध्यक्ष जयती बन्सलले गरेकी हुन् ।

उक्त समारोहमा बैंकका निर्देशक पिनाकी नाथ बनर्जी, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रिय रंजन, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, नयाँ व्यवसाय प्रवर्द्धन सल्लाहाकार छपिराज पन्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्