Logo

नेशनल लाइफको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्ज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ । यसै क्रममा यही मंसिर २२ गते कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जग पुजा सम्पन्न गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरेकी हुन् ।

जग पुजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरु लगायत सो क्षेत्रका वरिष्ठ अभिकर्ताहरुसहित करिब १ सय जनाको उपस्थिति रहेको थियो ।

नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको करिब साँढे चार कट्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङसहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिनेछ ।

आधुनिक प्रविधिसहित नेपालगन्जकै नमूना भवनको रुपमा सम्पन्न हुन लागेको हुँदा सो भवन निर्माण पछि नेपालगन्ज लुम्बिनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ । ५२ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाइफ इन्स्योरेन्सले नियामक निकाय श्री नेपाल बीमा प्राधिकरणसँग पूर्व स्वीकृत लिइ भवन निर्माण आरम्भ गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्