Logo

लुम्बिनी विकास बैंकका शाखा र सेवा कार्यालय विस्तार

लुम्बिनी विकास बैंकले एकै दिन दुई वटा शाखा र सेवा कार्यालय विस्तार गरी सेवा सुरु गरेको छ । बैंकले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल र भक्तपुर नगरपालिका–१० स्थित कमलबिनायकमा शाखा र ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेमा एक्सटेन्सन् काउण्टरको सुरुवात गरेको छ ।

बैंकको इमाडोल शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविणकृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोबिन्द श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्यसैगरी कमलबिनायक शाखाको बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

त्यसैगरी लेले एक्सटेन्सन् काउण्टरको बैंकका सञ्चालक प्रतापकुमार आचार्य र गोदावरी नगरपालिका–५ वडा अध्यक्ष मिलन सिलवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्