हुन्डाईको ईभीलक्षित हाइ-भोल्टेज ब्याट्री जाँच क्याम्प

हुन्डाईका सवारीसाधनको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पाँचदिने हुन्डाई ईभी हाइ–भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको छ । सोमबारदेखि सुरु भएको ‘बि द चेन्ज’ क्याम्पेनमा हुन्डाईका विद्युतीय सवारीधनीले फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
यसबाट खास गरी ३०० को संख्यामा रहेका कोना र आयोनिक ईभीका सवारीधनीले लाभ उठाउने आशा गरिएको छ । आफ्ना गाडीको प्राविधिक अवस्था र ब्याट्रीको स्वास्थ्य अवस्थाबारे सवारीधनी र कम्पनीलाई नजिक ल्याउन क्याम्प आयोजना गरिएको हो । तालिमप्राप्त प्राविधिकले सवारीको परीक्षण गर्नेछन् । ब्याट्री जोगाउन क्याम्पमा विभिन्न उपायहरु सवारीधनीलाई जानकारी गराइनेछ । यसमा सफ्टवेयर, ह्युमनवेर र हार्डवेरको तयारीस्वरुप क्याम्प आयोजना गरिएको हो ।
हप्ता दिन लामो क्याम्प थापाथलीस्थित हुन्डाईको ईभी शोरुममा आयोजना हुनेछ । बि द चेन्जमार्फत कम्पनीले सामाजिक आर्थिक र प्राविधिक धेरै प्रकारका क्याम्पेनहरु कम्पनीले आयोजना गरिरहेको छ । हुन्डाईले देशैभर ४० चार्जिङ स्टेसन स्थापना गरेको छ । कम्पनीका १७ वटै शोरुममा चार्जिङको व्यवस्था छ । कम्पनीले सन् २०१९ मा कोना विद्युतीय कार ल्याएको थियो भने भर्खरै आयोनिक ५ पनि ल्याएको छ ।