सनराइज बैंकको थप २ शाखारहित बैंकिङ सेवा «

सनराइज बैंकको थप २ शाखारहित बैंकिङ सेवा

सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ २ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकले ३४ औं शाखारहित बैंकिङ सेवा तनहुँ जिल्लाको व्यास नगरपालिका–९ गजौडे र ३५ औं शाखारहित बैंकिङ सेवा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६, जलजले बजारमा सुरुवात गरेको जनाएको छ । व्यास नगरपालिका–९ का अध्यक्षसुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार यादवले एक समारोहकाबीच गजौडेमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका थिए ।
साथै शनिबार बैंकले ३५ औं शाखारहित बैंकिङ सेवा त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्रभगत र बैंकका प्रदेश नं. १ को प्रमुख विवेक निरौलाले संयुक्त रूपमा उद्घाटन गरि पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्